काभ्रे/ आगामी मङ्सिर ४ गते हुन गईरहेको संघ र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस काभ्रेले जिल्लाका प्रतिनिधि सभाका २ र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग कांग्रेस अभियान कार्यक्रम गरिरहेको छ ।
भदौ १० गते बनेपाबाट सुरु भएको कार्यक्रम भदौ २४ गते बिपी जयन्तीको दिन समापन हुने नेपाली काग्रेसका जिल्ला सभापति तिर्थ लामाले जानकमारी दिए ।कार्यक्रममा सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्ने, जनताको घर घरमा पुगी जनताका गुनासा, सुझाव सुन्ने मृख्य एजेण्डा रहेको लामाले बताए ।

कांग्रेसले गरेको विकास निर्माण तथा कामको बारेमा जानकारी गराउने, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन जनतासँग अपिल गर्ने र वर्तमान अवस्थामा निर्वाचनको तालमेलबारे पार्टी कार्यकर्ता तथा जनता लाई जानकारी गराउने लगायतका विषयमा पार्टी कार्यकर्ताहरू लाई जानकारी गराउँदै आएको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।
काभ्रेमा प्रतिनिधि सभा र प्रदेश स्तरीय जनता सग काग्रेस अभियान सकिएर यति बेला पालिका स्तरीय कार्यक्रम चलिरहेको लामाले जानकारी दिए । भदौ १७ गते देखि २१ गते सम्म वडा र टोल टोलमा जनता सग काग्रेस अभियान चल्ने लामाले जानकारी दिए ।
काभ्रेमा १३ वटा स्थानिय तह र १ सय ३५ वडा रहेको छ । ति मध्ये सबै पालिका, वडा लगायत टोल टोलमा जिल्लाबाट प्रतिनिधि खटि सबै पालिका स्तरीय, वडा, टोल स्तरीयमा जनता सग काग्रेस अभियान सक्ने उनले बताए । कांग्रेस अभियानको लागि काभ्रेमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं अभियानका प्रतिनिधिको रूपमा रमा कोइराला पौडेल खटिएकी छन् भने यस समापन यही भदौ २४ गते बनेपमा समापन गर्ने जिल्ल सभापति तिर्थ लामाले जानकारी दिए ।
