After header

मुगुको कामारोङ्ग गाउँपालिकामा तोडफोड

नन्द बहादुर रोकाया

भदौ १६ मुगु 

मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कामारोङ्ग गाउँपालिकामा तोडफोड भएको छ । गहे रात्ति अज्ञात समुहले मुगुम कामारोङ्ग गाउँपालिकाको कार्यलयमा तोडफोड गरेका हुन । कार्यलयका ढोका झ्ययालका सिसा फोडिएका छन भने सिसि क्यामारा समेत फुटाईएको छ । अज्ञात समुहले१० ओटाझ्याल,मुलढाेका,बतिका तारा ,सिसि क्यामराका वाइर सबैमा तोडफोड गरेका र सभाहलमा प्रबेस गरि कुर्चि समेत तोडफोड गरेक छ्न। रेका मुगुम कामारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुुभाषचन्द्र रावलले बताए । अहिले घटनाको बारेमा प्रहरीले मुचुल्का उठाउदै अनुसन्धान थालेको र क्षेतिका बारेका त्यस पछि मात्रै थाहा हुने अधिकृत रावलको भनाइ छ ।जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार गहे राति ११ बजे तिर एक जना ब्यक्ति कार्यलयमा प्रवेश गरि तोडफोड गरेको देखिन्छ । सिसि क्यामारामा एकजना ब्यक्ति देखियकाले अनुसन्धान भइरहेको उनको भनाइ छ ।

एक पटक पढ्नुहोस