काठमाडौं/ नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । उनी विरुद्ध बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । सन्दीप आफैं भने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सेन्ट लुसिया पुगेका छन् ।
