थप ३०० जनामा कोरोना संक्रमण

काठमाडौं / पछिल्लो समय कोरोनाको सख्या कम हुदैँ गएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।

एक पटक पढ्नुहोस