After header

असोज १ देखि दशैंका लागि टिकट बुकिङ शुरु

काठमाडौं/  असोज १ गते देखि दशैका लागि टिकट बुकिङ शुरु गर्ने भएको छ । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोज विश्वकर्मा पूजाको दिन देखि खूल्ला गरिने आजको बैठकले निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले असोज १ गते देखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सहज हुने हित १ गते बाट टिकट बुकिङ खुल्ला गरिएको बताए ।

एक पटक पढ्नुहोस