काठमाडौं / काठमाडौ महानगर वडा नं. १ मा सञ्चालित म्यारिट होटलको डेल्टिन क्यासिनोले आज बुधबार १९ लाख ३७ हजार रुवैया कर बुझाएको छ ।
काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका जानकारी दिए । आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । क्यासिनो सञ्चालकले जरिबानाको हिसाब गरिरहेको भन्दै कर मात्रै तिरेको उनले बताए ।
१९ भदौमा काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।
