After header

१९ औं निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण

ढुर्खक/  १९ आंै निजामती सेवा दिवसको अवसरमा बृक्षारोपण गदै बेथानचोक गाउँपालिकले निजामती दिवस मनाएको छ । निजामती सेवा दिवसका अवसर पारेर बेथानचोक २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै मनाइएको हो ।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा उपाध्यक्ष तिमल्सिनाले तिनै तहका सरकारका नीति कार्यक्रमलाई अगाडी बढाउदै कार्यान्वयन गर्दै बिकास र समृद्धि ल्याउने कार्यमा निजामती कर्मचारीहरुको भुमिकाको उच्च संमान व्यक्त गर्दै निजामती कर्मचारीहरुसंगै हातेमालो गर्दै समृद्ध बेथानचोक बनाउन सधैं सकारात्मक साथ सहयोगको अपेक्षा रहने समेत बताईन् ।

ब्यवसायिक र सिर्जनशिल प्रशासन बिकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ निजामती सेवा दिवस बृक्षारोपण कार्यक्रम आयोजना गरि मनाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताए । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले निजामती सेवा दिवसको थालनी र उदेश्यमा माथि प्रकाश पार्दै निजामती कर्मचारीहरुले सिमित श्रोत र साधनको उपयोगले सार्वजनिक सेवा प्रवाह गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मदुसुदन तिमल्सिना, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र गाउँपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एक पटक पढ्नुहोस