After header

काभ्रेमा माओवादी केन्द्रले ग¥यो उम्मेदवारको नाम सिफारिस ( को को परे हेर्नुहोस् नाम सहित )

काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र काभ्रेले उम्मेदवारको नाम सिरफारिस गरेको छ । आज बसेको बैठकले दुवै प्रतिनिधि सभा, ४ वटा प्रदेश सभाका र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको जिल्ला संयोजक भोला आर्यालले जानकारी दिए ।

प्रतिनिधि सभा १ का लागि सूर्यमान दोङ, गंगाबहादुर दोङ, दिनानाथ गौतम र रत्न ढकाललाई सिफारिस गरीएको छ । त्यस्तै गरि प्रतिनिधि सभा १ प्रदेश सभा क का लागि टासी लामा, विष्णु प्रसाद गौतम अडिक, विजय मोक्तान, दुर्गा सिं लामा र अविलाश तामाङ रहेका छन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ख मा दैवलाल घिसिङ, होम बहादुर खुलाल, हरि प्रसाद तिमल्सिना र खड्ग बहादुर जिम्बा रहेका छन् ।

त्यस्तै गरी प्रतिनिधि सभा २ मा डाक्टर भरत लामिछानेको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा रुकु चौलागाई, आइते सिं तामाङ र पृथ्वी थापाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ख मा मर्दन सिं तामाङ, गोपाल घिमिरे र रमेश तिमिल्सना रहेका छन् ।

समानुपातिक तर्फबाट संघ र प्रदेश तर्फका उम्मदेवारको नाम जिल्ला कमिटीले सिफारिस गरेको संयोजक अर्यालले जानकारी दिए ।

एक पटक पढ्नुहोस