काभ्रे /“व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मुल नाराका साथ बनेपामा पाँचौ पटक महोत्सवको आयोजन ागर्न लागेको उद्योग बाणिज्य संघ काभ्रेले जनाएको छ ।
दशैँको अवसरमा काभे्रको परम्परागत कला, संस्कृति,औद्योगीकव्यापार,घरेलु,कृषि,,पर्यटन प्रर्वद्धन निमित्त असोज ३ गते देखि १५ गतेसम् मबनेपामा महोत्सव गर्न लागिएको बताइएको छ । काभ्रेको बनेपा नगरपालीका वडा नम्बर ७ मा रहेको उग्रेश्वर मन्दिर परिसरमा महोत्सवका लागी आवश्यक प्रक्रिया पुरा गरि सकिएको र अब तत्कालै महोत्सव स्थलमा स्टल निर्माण लगायत अन्य कार्यको तयारीमा जुटि सकेका काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँले पत्रकार सम्मेलनमा बताए ।
उनले यस महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने बताउँदै कोभिड १९ ले थलिएको अर्थतन्त्र उकास्नका लागी स्थानिय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै न्युन शुल्क लिएर जिल्ला भरि छरिएर रहेका उद्योग वाणिज्य संघमा दर्ता भएमा व्यवसायहरुलाई स्टल उपलब्ध गराउँदा १५% छुटको व्यवस्था रहेको र १५ वटा स्टलहरु स्थानिय उत्पादनमुखि बिषयबस्तुलाई निशुल्क उपलब्ध गराउने समेत तयारी गरिरहेको बताए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु,कृषि, घरेलु उद्योग, विभिन्न प्रकारका लत्ता कपडाहरु, खाद्यान्न,अटोमोबाईल,जुत्ताहरु,कृषि तथा हस्तकलाका सामाग्रीहरु,कृषि औजारका सामाग्रीहरुको स्टलहरु हुने आयोजकले बताएको छ ।
त्यसैगरी महोत्सवमा बिक्रि हुने सामाग्रीहरुमा विशेष छुटको व्यवस्था हुने, मनोरञ्जनका लागी महोत्सवमा बाल उद्यान,रोटे पिङ,ड्रागन,नाउ,मिनि बञ्जी जम्प,वाटर बल्ब,मिकि माउस,टेम्पोलिङग,स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हाँस्यव्यङ्ग तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहने उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले बताए ।
महोत्सवलाई व्यवस्थित बनाउन विद्याथीहरुलाई रु ५० र अन्य सर्वसाधारणलाई रु १०० प्रवेश शुल्कको व्यवस्था गरिएको र वृद्ध वृद्धाहरुको लागी निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा स्टल संख्या ११५ वटा,अनुमानित आम्दानी ५२ लाख ५० हजार अनुमानित खर्च ः– ४८ लाख ७५ हजार रहेको र अनुमानित दर्शक ५० हजारको संख्याको अपेक्षा गरिएको बताइएको छ ।
महोत्सवमा अनुमानितत कारोबार ३ करोडको हुने र स्टलका प्रकारहरु मा कृषि सामाग्री प्रदर्शनी, घरेलु उद्योग उत्पादन,स्वास्थ्य शिविर,मिडिया डेस्क,जुत्ता चप्पल ,घडि,चश्मा,पर्श,बेल्ट,जलप ज्वेलरी,रेडिमेट गार्मेन्ट, कुटिरा, अचार, पाउभण्डार, फेन्सी, सिरक, व्ल्याकेट, ईलेक्ट्रोनीक, अटो मोबाईल, होटल तथा रेष्टुरेन्ट,बैक तथा वित्तिय सहकारी ईत्यादिका स्टलहरु रहने स्टल शुल्कहरु साधारण स्टलहरु१७ हजार ५ सय अटोमोबाईल ३० हजार ,होटल रेष्टुरेण्टको हकमा ३५हजार ,बैक वित्तीय सहकारी संस्था रु १५ हजार तोकिएको बताइएको छ ।
आयोजकले स्टल बुकिङ गर्दा ५०% प्रतिशत भुक्तानी अग्रिम बुझाउनु पर्ने , बनेपा नगरपालीका भित्र दर्ता रहेका व्यवसायीहरुका लागी स्टल बुकिङमा १५% छुटको व्यवस्था गरिने,एक भन्दा बदि स्टल बुकिङ गर्ने लाई १०% छुटको व्यवस्था गरिने ।,मनोरञ्जनका साधनहरुः बाल उद्यान, रोटे पिङ, ड्रागन,नाउ,मिनि बञ्जी जम्प,वाटर बल्ब,मिकि माउस,टेम्पोलिङ,स्करपियो, को व्यवस्था रहने ।,सास्कृतिक कार्यक्रमः राष्ट्रिय तथा स्थानिय कलाकारहरुको नृत्य,गायन,दोहोरी र हास्यव्यङ्गको बेजोड प्रस्तुति रहने बताइएको छ ।
यस अघि उद्योग बाणिज्य संघ काभ्रेले २०७० मा महोत्सव गरिएको थियो त्यसबाट संघले २९ वटा सिसि क्यामेरा पहिलो पटक बनेपाको बजार ईलाकाहरुमा जडान गरिएको थियो । यस महोत्सव बाट पनि उद्योग बाणिज्य संघ काभ्रेले सिसिक्यामेराको चेकजाँच गर्ने र केही थप गर्न सहजिकरण गर्ने बताइएको छ ।
