After header

दरबारमार्गको क्लबमा ’ग्याङ फाइट’

काठमाडौं / काठमाडौंको दरबारमार्ग स्थित क्लब प्लाटिनममा ’ग्याङ फाइट’ हुदाँ एकजना घाइते भएका छन् भने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति क्लबमा दुई पक्षबीच ’ग्याङ फाइट’ भएको दरबारमार्ग प्रहरीले जानकारी दिएको छ ।

’ग्याङ फाइट’ हुँदा एक जना घाइते भएका छन ्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनी बोल्न सक्ने अवस्थामा समेत नरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक (एसपी) मैनालीले जानकारी दिए।
क्लबमा किन र के कारणले झगडा भयो भन्ने विषयमा प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । क्लब रहेका अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएका छन् ।

एक पटक पढ्नुहोस