After header

चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु् स्वदेश फर्किए

काठमाडौं/ चीनका राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु् स्वदेश फर्किएका छन् । उनीले नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु् आज स्वदेश फर्किएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् सबै सगँ अनौपचारीक भेट पछि आज बिहान स्वदेश फर्किएका हुन् । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । समझदारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष चान्सु्ले हस्ताक्षर गरेका थिए ।

भ्रमणको पहिलो दिन सभामुखले चान्सु् र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ‘स्टेट डिनर’को आयोजना गरेका थिए । चान्सु्ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले भेटवार्ता गरेका थिए । चान्सु्को टोलीले भक्तपुरको पनि भ्रमण गरेको थियो ।

एक पटक पढ्नुहोस