काभ्रे/ काभ्रे जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ४ चलालमा पहिरोले पुरिँदा एकै परिवारको तिन जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको जानकारी दिए ।
राति सुतिरेहका बेला एक्कासी पहिरो खसेपछि घर पुरिएको थियो । स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा घटनास्थलमा दुई जनाको शव भेटिएको र एक जना घाईते भेटियोको र घाईतेको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख जोशीले जानकारी दिए ।

चलालगणेशथान स्थित गणेशस्थान ढुंगाखानीबाट झरेको पहिरोका कारण घरपुरीएर उनीहरुको मृत्यु भएको स्थानियले बताएका छन् । ३ः३० बजे ढुंगाखानीबाट झरेको पहिरोले निर बहादुर तामाङको तीन तल्ले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ ।पहिरोले पुरिएका उनीहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियले उद्धार गरेको थियो । घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
