बनेपा/ नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रेको अध्यक्षमा सोमकाजी शाक्य चयन भएका छन् । सोमबार काभ्रेको बनेपामा सम्पन्न चौथौ अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा शम्भुलाल श्रेष्ठ, महिला उपाध्यक्षमा भारती श्रेष्ठ, सचिवमा प्रकाश बहादुर कायस्थ, कोषाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ , सहसचिवमा दिलीप श्रेष्ठ र महिला सहसचिवमा बिपसना शाक्य चयन भएका छन् । यस्तै सदस्यहरूमा भने भुवन भोछिभया, राजेन्द्र श्रेष्ठ, हर्ष नारायण कर्माचार्य,रामलाल मानन्धर, विकुनारायण ताम्राकार,ध्रुव कृष्ण ताम्राकार र प्रशान्त श्रेष्ठलाई कार्यसमिति सदस्यमा चयन गरिएको छ । 
सो अवसरमा नेवा पत्रकार राष्ट्रिय दबू काभ्रेले नेवार समुदायबाट प्रतिनिधित्व गर्दै पत्रकारिता क्षेत्र र स्वास्थ्य शिक्षा साहित्य र पत्रकारितामा कार्यरत अग्रज व्यक्तित्वहरूलाई समेत बोलाएर छलफल समेत गरिएको छ । कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरवीर बज्राचार्य,महेन्द्रराज श्रेष्ठ, बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य, काभ्रे दबूका नी वर्तमान अध्यक्ष सिद्वि बहादुर कर्माचार्य र प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ काभ्रेका वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवाल, अक्षरमार्गका संस्थापक साहित्यकार सुर्य लकोजु , पत्रकार प्रल्हाद शर्मा हुुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य शुकदेव थपलिया उपस्थिति थिए । अधिवेशनले चयन गरेको नयाँ कार्यसमिति मार्फत नेवारी समुदायको भाषा शिक्षा साहित्यको विषयलाई अब उठाउने र मातृ भाषामा शिक्षा र पाठ्यक्रम बनाउन सम्बन्धित निकायमा पहल र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
