काभ्रेः/ नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदसय तथा काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं सोही निर्वाचन क्षेत्र प्रदेश सभा (क) उम्मेदवार रत्न ढकाललाई स्थानीय मतदाताले ५ किलोको मालाले स्वागत गरिएका छन् ।
शनिबार काभ्रेको चौरीदेउराली–३ स्थित् दमारडाँडामा घरदैलोेपछि भएको कोणसभामा संघ र प्रदेशका सत्ता गठबन्धनका साझा उम्मेदवारद्धय दोङ र ढकाललाई ५ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रमा मतदाता र नेता कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुले छुट्टाछुट्टै रुपमा पनि उम्मेदवारद्धय दोङ र ढकाललाई माला लगाएर स्वागत गरेको छन् । त्यस्तै घरदैलो अभियानको क्रममा उम्मेदवारहरुलाई मतदाताले स्वस्फुर्त रुपमा स्वागत गरेका हुन् ।
मतदाताबाट भव्य स्वागत पाएका उम्मेदवारद्धय दोङ र ढकालले अबको ५ वर्षमा काभ्रेको मुहार फेरिने बताएका छन् । उनीहरुले सडक, खानेपानी, शिक्षा, स्वास्थ लगायतका क्षेत्रमा जनताले अनुभूति गर्ने काम हुने दाबी गरे ।काभ्रेको प्रतिनिधिसभा १ उम्मेदवार दोङले विकासको मेरुदण्ड सडक भएकाले सडकलाई प्राथमिकता दिएर काम गर्ने बताए ।
त्यस्तै क्षेत्र नम्बर १ प्रदेशसभा (क) उम्मेदवार ढकालले आफु मन्त्री हुँदा जिल्लाका सबै क्षेत्रमा समान रुपमा बजेट छुट्याएको बताउँदै गएको ५ वर्षभित्रम धेरै काम भएको र बाँकी कामलाई पुरा गर्नको लागि ४ मंसिरको निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारलाई विजय गराउनु पर्ने बताए ।
स्थानीय तह, प्रदेश र संघमा एउटैको सरकार भएमा मात्रै देशको विकास हुने भएकाले त्यसका लागि गबन्धनको सरकार नै आवश्यक रहेको मतदाताहरुको भनाई छ । उनीहरुले स्थायी सरकारको लागि यसपटकको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउनुको विकल्प नरहेको बताएका छन् ।
