After header

अखिल नेपाल ट्रेड युनियनको उम्मेदवार भेटघाट सम्पन्न

मजदुरका हितका लागि आफु सधैव लड्ने : हुमागाई

धुलिखेल/ नेकपा माओवादी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासघ काभ्रेको आयोजनामा आगमी मङ्सिर ४ गते हुने निर्वाचनको लागि बाम लोकतान्त्रिक उम्मेदवार हरु सङ भेटघाट तथा मजदुर हरुलाइ प्रशिक्षण कार्यक्रम गरिएको छ ।
शनिबार धुलिखेल मिराबेल होटलमा भएको कार्यक्रममा प्रतिनिधि सभा २ का साझा उम्मेदवार शिव प्रसाद हुमागाई, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईं, नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समयोजक भोला अर्याल लगायत उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै गठबन्धनको साझा उम्मेदवार शिव हुमगाइले ट्रेड युनियनमा रहेर काम गरेको मजदुर हरुको हितको लागि निरन्तर लागि रहेको बताए । हरदम मजदुर हक अधिकार सुरक्षा ज्यला दर स्थायी नभएको बिषयमा निरन्तर लागि रहेको साझा उम्मेदवार हुमागाईले बताए ।

नितिगत ब्यबहारिक रुपमा मजदुरहरुको हितको लागि सधै लाग्ने कहिले पनि श्रमजीवीको बाटो नबिराउने सबै खाले प्राप्ती लाई रक्षा गर्नको लागि गठबन्धन भित्र बाट मेरो उम्मेदवारि रहेको उनले बताए । मजदुर सबैले आगामी हुने मङ्सिर ४ गते जिल्लाको ६ जना नै साझा उम्मेदवार लाई जिताउनु पर्छ तपाई हरुको मत गलत ब्याक्तीलाई परेमा हित नहुने हुमागाईले भने ।

कार्यक्रममा प्रतिनिधि सभा २ प्रदेश सभा क को उम्मेदवार लक्ष्मण लम्सालले हरेक खाले बर्गहरुको हितको लागि यो निर्वाचन प्रक्रियामा रहेको बताए । सबै क्षेत्रमा रहेका मित्रहरुले गठबन्धनको साझा उम्मेदवार हरुलाइ मतदान गर्नको लागि अह्रवान गर्नु पर्ने बताए । मजदुर हरुको मुद्धा हरु उठाउनु पर्ने तह हरु देखि सदन सम्म उठाउदै आउने र आएको लमसालले बातए । यो निर्वाचन हाम्रो एजेन्डा सबै खाले रक्षा गर्नको लागि यो निर्वाचन साझा उम्मेदवार हरुले जित्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य एवं प्रदेश समानुपातिक उम्मेदवार रुकु चौलागाईंले श्रमिक बर्गको लागि पहिलो अवाज उठाउने पार्टी माओवादी भएको सबै मजदुर हरुको हितमा सबैखाले माग हरु पूरा भएको छ कि छैन भन्ने माओवादी पार्टी लाई जानकारी भएको बताइन् । मजदुर श्रमजीवी बर्गहरुको हितमा उनिहरुको हरेक खाले समस्य हरुको साथमा नेकपा माओवादी लागिरहेका छौ । मुलुकको आवश्यकताले गर्दा हामी गठबन्धन गरेर अहिले यो निर्वाचनमा होमिएको छ । संविधानको रक्षा गर्न हामी एक भएर निर्वाचनमा गएका छौ । सबै बर्गको रक्षा गर्न अब बन्ने सरकार मात्र भएको बताइन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समयोजक एवं बागमती प्रदेश समानुपातिक उम्मेदवार भोला अर्यालले अब एक हप्ता बाकी समयमा गठबन्धनको उम्मेदवार हरुलाइ जिताउनको लागि तपाईं मजदुर हरु लाग्नु पर्ने बताए । मजदुर हरुको हरेक खाले चुनौती हरु पूरा गर्नको लागि अहिलेको साझा उम्मेदवार हरु जितेर हरपल लाग्ने र मजदुर साथिहरुको हकहितको लागि सधैमा माओवादी पार्टी लागि रहने बताए ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिब दैब लाल घिसिङले गठबन्धन साझा दलहरुको उम्मेदवारहरुको जानकारी साथै धेरै भन्दा धेरै साझा उम्मेदवार हरुलाइ मतदान गर्नको लागि सबै लाग्नु पर्ने बताए । अखिल नेपाल ट्रेड युनियनको धुलिखेलमा उम्मेदवार भेटघाट तथा मजदुर प्रशिक्षण कार्यक्रममा जिल्ला समयोजक होम बहादुर खुलालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राखदै राम गोपल भुजेलले मजदुर हरु एक हौ भन्ने नारा मात्र एक भएको मजदुर लाई हेर्ने सबै पार्टीको फरक रहेको ।

कोभिड पछि मजदुर हरु ठुलै मार मा रहेको ५० प्रतिशत भन्दा धेरै मजदुर हरुले रोजगारी गुमाउनु परेको बताए ।
मजदुर ट्रेड युनियन जिल्ला सचिब राजान अधिकारीले कार्यक्रम संचाल एव मजदुर हरुलाइ गठबन्धनको पक्षमा मत खसाल्नको लागी प्रशिक्षण दिएको थियो ।

एक पटक पढ्नुहोस