After header

कडा सुरक्षा व्यवस्थपन सहित कांग्रेस संसदीय दलको निर्वाचन सिंहदरबारमा

 

काडमाडौ / कडा सुरक्षा व्यवस्थपन सहित नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सिंहदरबारमा शुरु हुदै छ ।नेपाली कांग्रेस संसदीय दलको निर्वाचनलाई लक्षित गर्दै सिंहदरबारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुअघि सांसदहरू सिंहदरबार प्रवेश गर्न थालेका छन् । प्रवेशद्वारबाट नै सुरक्षाकर्मीले कडा चेकजाँच गरिरहेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । चेकजाँच गरेर सांसद्हरुलाई मात्र कार्यालयमा प्रवेश दिइएको छ । बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि यो समाचार तयार पार्दासम्म भने मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचनका लागि सांसदहरु आउने क्रम भने जारी रहेको छ ।

एक पटक पढ्नुहोस