After header

रास्वपा काभ्रेको पहिलो बैठक सम्पन्न, जिल्ला कोषाध्यक्षमा बोलखे र क्षेत्र नं. १ मा ङेमा र २ मा ताराबहादुर मनोनित

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे जिल्लाको पहिलो बैठक सम्पन्न भएको छ । गत बैशाख २३ गते जिल्लाको पहिलो अधिवेशन सम्पन्न भएपछिको निर्वाचित कार्यसमितिको पहिलो बैठक काभ्रेको धुलिेखेल सम्पन्न भएको जिल्ला सभापति प्रविण ढकालले जानकारी दिए । उनले पहिलो बैठकबाट जिल्ला कोषाध्यक्षमा नवराज बोलखे र क्षेत्र न १ मा क्षेत्रीय संयोजक ङेमा लामा र क्षेत्र न २ मा क्षेत्रीय संयोजक ताराबहादुर कुबर मनोनीत बैठकले गरेको बताए ।

पहिलो बैठकले यही असारको ७ देखि ९ गते सम्म हुने केन्द्रिय महाधिवेशनका लागि केन्द्रिय महाधिबेशन प्रतिनिधि छ्नौट समेत गरेको उनले बताए । यही असार ७ देखि ९ गते सम्म हुने केन्द्रिय महाधिवेशनका लागि काभ्रे जिल्लाबाट ३७ जना महाधिवेशन प्रतिनिधि सहभागि हुने उनले जानकारी दिए । जिल्लाभर सबै टुङ्गो लगाइसकेको तर नमोबुद्ध नगरपालिकाबाट दुईजनाको नाम टुङ्गो लगाउन बाकी रहेकाले यसलाई आजभोलि मिलाउने उनले जानकारी दिए ।

बैठकले जिल्ला बिभागहरु बिस्तार र मनोनीतका लागि विभागमा बस्न चाहनेहरुले सम्बन्धित पालिका बाट सिफारिस गराउन अनुरोध गरिएको छ । बैठकबाट थप संगठन र बिभागहरु बिस्तार गर्ने, कार्यालय संचालन,हेल्प डेस्क ,माननीय लाई सम्पर्क कार्यालय स्थापनको लागि तय गर्ने बैठकले निर्णय गरेको सभापति ढकालले जानकारी दिए ।

यसैगरी जिल्ला सभापतिले जिल्लाभरको पार्टी संगठनको परिचालन र आन्तरिक कार्यबिभाजन गर्ने, पार्टी र सरकार बीच समन्वय र प्रभावकारिता बढाउने, जिल्ला समितिको आफ्नो अध्यावधिक विवरण जिल्ला प्रशासनमा कार्यलयमा बुझाउने, जेनजी आन्दोलन अनावश्यक धरपक्कड ,पक्राउ पुर्जी सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण गराउने लगायतका कार्य गर्ने भन्दै पहिलो बैठकले निर्णय गरेको जिल्ला सभापति ढकालले जानकारी दिए ।

एक पटक पढ्नुहोस