After header

मधेश प्रदेश प्रहरी प्रमुखका थपलियाको आठ महिना ः प्रहरी प्रशासननी कामदेखि तस्कर रोकथाममा सम्म उच्च प्रशंसा

काठमाडौ । नेपाल प्रहरीका डिआईजी गोविन्द थपलियाको प्रदेश प्रदेश प्रमुखको आठ महिना आफ्नो कार्यकाल सकेर सरुवा भएका छन् । थोरै समयमा मधेश प्रदेशको प्रहरीमा केही सुधार कार्य गरी प्रहरी प्रशासननी कामदेखि तस्करी रोकथाममा उनको उच्च प्रशंसा हुन थालेको छ । प्रहरीले चाहेमा हरेक खालका अपराधी क्रियाकलालाई नियन्त्रण गर्न सक्छ भन्ने उदारणीय काम गरि आफ्नो छोटो समयवधिमा सफल हात पारेका छन् डिआईजी थपलियाले ।

प्रहरीले आफू कार्यरत हुँदा कसै चासो नभएपनि सरुवा भएर गयपछि कस्ले कस्तो काम ग¥यो भने सरुवा पछि मूल्यांकन हुने गर्दछ ।उनै डिआईजी थपलिया सरुवा भएर काठमाडौ आएपछि उनका विषयमा प्रशंसा र उनले गरेको कामको यतिबेला मधेश प्रदेश प्रहरी र स्थानियमा कामको चर्चा सुरु भएको हो ।

आफु कति समय कार्यरत रहे भन्दा पनि आफ्नो कार्यकालमा मधेश प्रदेश प्रहरी प्रशासनमा सुधार तथा समग्र सुरक्षा ब्यवस्थापन, नागरिक अपेक्षा बमोजिन प्रहरी सेवा प्रवाहमा सुधार र शुसासन कायम गर्ने सन्दर्भमा आफुबाट के कस्ता पहल तथा योगदान गर्न सकियो भन्ने कुरालाई महत्व दिएको उनको भनाई छ । उनको नेतृत्वमा मधेश प्रदेश प्रहरीभित्र वर्षौंदेखि विवादित बन्दै आएको ‘घुमुवा प्रहरी’ प्रणालीविरुद्ध विशेष अभियान सञ्चालन गरेका थिए ।

साथै प्रहरी संगठनभित्र सक्रिय बिचौलिया प्रवृत्तिलाई नियन्त्रण तथा निष्क्रिय बनाउन समेत महत्वपूर्ण पहल गरिएका थिए । यस अभियानले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र जवाफदेहिताको वातावरण निर्माण गर्न मद्दत पुगेको त्यहाँ कार्यरत प्रहरीले बताउछन् ।

मधेश प्रदेश राम्ररी बुझेका डिआईजी गोबिन्द थपलियाले मधेश प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो कार्यभार शुरू देखिनै नेपाल प्रहरीको बिगत देखि नै बिकृतीको रूपमा रहेको घुमुवा प्रहरीलाई सुधारको अभियान शुरू गरेका थिए । पटक पटक मधेश प्रदेशमा काज तथा सरूवा भई आएका र एक बर्ष भन्दा लामो समय देखि घुमुवा प्रहरीको रूपमा काम गरेका बिवादित प्रहरी कर्मचारीहरूलाई छानविन गरी तत्कालको जिम्मेवारीबाट हटाई अन्यत्र जिल्ला वा प्रदेश बाहिर दरबन्दिमा खटउन शुरू गरेका थिए ।

तस्कर र विचौलियासंग सांठगांठ गरी लामो समय देखि मधेश प्रदेशमा हालिमुहाली गरी बसेका प्रहरी कर्मचारीका लागि उनी केही समय बाधक समेत बनेका थिए । समय समयमा उनको बिरूद्धमा अनर्गल मिडियाबाजी समेत नभएको भने होईन । उनले प्रहरीले जनताको शान्ति सुरक्षा दिने हो, तस्करलाई सुरक्षा,गुण्डागर्दी गर्ने संरक्षण हैन यस्ता अपराधी क्रियाकला गर्ने जोकोहीलाई पनि तत्काल कार्वाही गर्ने निर्देशन दिदाँ उनीलाई विवादमा परेका थिए ।

तर प्रहरी संगठनमा काम गर्ने प्रहरी अधिकृत वा अन्य जोकोहीलाई पनि न्यायदिने भएकाले संगठनलाई धमिरामा पुराउने तेता प्रहरीलाई संगठनले कावाही समेत गरेको थियो ।डिआईजी थपलियाले कार्यभार सम्हालेसँगै नेपाल प्रहरीभित्र लामो समयदेखि विकृतिका रूपमा रहेको घुमुवा प्रहरी व्यवस्थाको सुधारलाई प्राथमिकतामा राखेका थिए।

सोही क्रममा मधेश प्रदेशमा पटक–पटक काज तथा सरुवा भई आएका, एक वर्षभन्दा बढी समयदेखि घुमुवा प्रहरीका रूपमा कार्यरत तथा विभिन्न विवादमा मुछिएका प्रहरी कर्मचारीहरूको छानबिन गरी उनीहरूलाई जिम्मेवारीबाट हटाएर अन्य जिल्ला तथा प्रदेशबाहिर खटाउने प्रक्रिया अघि बढाएका थिए । उक्त अभियानअन्तर्गत जवानदेखि प्रहरी उपरीक्षक (एसपी) तहसम्मका करिब २५० प्रहरी कर्मचारीलाई मधेश प्रदेशबाट हटाइएका थिए ।

डिआईजी थपलियाका अनुसार यो सुधार अभियानको सुरुआत मात्र हो र मधेश प्रदेश प्रहरीमा दीर्घकालीन सुधारका लागि अझै धेरै काम गर्न बाँकी रहेका उनले बताए । उनले घुमुवा प्रहरी प्रणालीलाई “कचमचिएको पिलो जस्तै घाउ” को संज्ञा दिँदै सुधारका क्रममा विभिन्न प्रतिक्रिया आउनु स्वाभाविक भएको बताएका छन् । “यसरी बिग्रेको पिलो घाउ निचोर्दा केही छिटा पर्नु नौलो कुरा होइन । समाजले सत्य, तथ्य र प्रमाणका आधारमा मूल्यांकन गर्ने विश्वास लिएको छु,” उनले भने ।

उनको कार्यकालमा केही असन्तुष्ट प्रहरी कर्मचारी, बिचौलिया समूह तथा स्वार्थ समूहले विभिन्न माध्यमबाट अनर्गल प्रचारबाजी गर्दै विवादमा ल्याउने प्रयास गरेको चर्चा भए पनि उनले आफ्नो अभियानलाई निरन्तरता दिँदै अघि बढेका थिए । “असत्य टिक्दैन र सत्य कहिल्यै झुक्दैन” भन्ने दृढ विश्वासका व्यक्तित्वका रूपमा चिनिएका थपलियाले आलोचना र दबाबबीच पनि सुधार अभियानलाई भने रोकेन् ।

मधेश प्रदेशलाई नजिकबाट बुझेका प्रहरी अधिकारीका रूपमा परिचित डिआईजी थपलियाले प्रहरी कार्यालयका मुद्दा शाखामा हुने भनिएका अनियमितता नियन्त्रण, सर्वसाधारण, निम्नवर्गीय, पिछडिएका तथा पीडित नागरिकलाई न्याय दिलाउने वातावरण निर्माण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा संगठनभित्र आन्तरिक शुद्धीकरणको अभियानलाई विशेष प्राथमिकता दिएका थिए ।

उनले करीब आठ महिना मधेश प्रदेश प्रहरी प्रमुख हुँदा आफ्नो मातहातका सबै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने बाचा पुरा गरेका छन् । उनले कावाही मात्रै हैन राम्रो काम गर्ने हरेका जिल्लाका प्रहरी प्रमुख देखि अन्य दर्जाका प्रहरीलाई समेत राम्रो काम गरेका आधारमा पुस्रकार समेत दिएका थिए ।

उनका मातहात प्रहरी प्रमुखका अनुसार कसरी जनताको शान्ति सुरक्षा कायम गर्ने र अपराधी क्रियाकलाप कसरी न्यनुकरण गर्ने भन्नेमा नै डिआईजी साप्को अभियान रहेका बताउछन् । उहाँले दिएको निर्देशन र हौसलाले गर्दा मधेशमा हुने गरेको हरेका विकृतिहरु रोकिएको र तस्करहरुको हरेका तस्कर बन्द गर्न सफलभएको उनीहरुलाई बताउछन् ।

डिआईजी थपलियाको कार्यकालमा थालिएका आन्तरिक शुद्धीकरण, सुशासन, अनुशासन तथा सेवा सुधारका प्रयासहरूको निरन्तरता कायम रहन सके आगामी दिनमा मधेश प्रदेश प्रहरी प्रशासनमा अझ व्यापक परिवर्तन सम्भव हुने अपेक्षा गरिएको छ। सुरक्षा विज्ञहरूका अनुसार मधेश प्रदेश प्रहरीको आगामी नेतृत्वले पनि उनले सुरु गरेका सुधारका कार्यक्रमलाई निरन्तरता दिन सके नागरिकले अझ प्रभावकारी, पारदर्शी र जवाफदेही प्रहरी सेवा प्राप्त गर्नेछन्।

एक पटक पढ्नुहोस