काठमाडौं/ त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित सुडानी नागरीक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।
विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धा भइरहेको जनाएको छ ।
