काभ्रे / ३ वर्षको छोरा मारेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले सौतेनीआमा र बाबुलाई आज पक्राउ गरेको छ । यही माघ १२ गते ३ वर्षका छोरा उनीहरुसगै नै बसोबास गदै आएको ठाउँमा मृत अवस्थामा फेला परेको घटनालाई अनुशन्धान गर्दा उनीहरुको सग्लनता देखिएकाले उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक प्रकाश पौडेलले जानकारी दिए ।
बनेपा न.पा. वडा नं.०१ टुकुचा ईट्टाभट्टामा काम गदै आएका जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं. १९ बस्ने तिलक राम बुढा बसोवास गर्दै आएको छाप्रोमा निजको छोरा बर्ष ३ को बिमल बुढा मृत अबस्थामा फेला परेकोमा घटनाको छानविन गदै जादाँ सौतेनीआमा र बाबु दुवैको सग्लनता रहेको देखिएकाले उनीहरुलाई पक्राउ गरि अनुशन्धान भईरहेको पौडेलने जानकारी दिए ।
पहिला सौतेनी आमा उर्मिला बुढालाई मात्रै पक्राउ गरि अनुशन्धान गरिरहेको र पछि बाबुले पनि टाउकोमा हानेको श्रीमतीले बयान दिएपछि दुवैलाई अहिले सोधबुच भईरहेको उनले जानकारी दिए । मृतक बच्चाको टाउकोमा चोट र अन्य ठाउमा निलडाम समेत रहेको र घटनाको विषयमा छानमिन भईरहेको प्रहरी निरीक्षक पौडेलले जनाकारी दिए ।
अहिले दुवैजनालाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धा शिर्षकमा सात दिनको म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको समेत उनले जानकारी दिए ।
