पनौती/ काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिती काभ्रेको मुख्य आयोजनामा आगामी माघ २० गतेदेखि संचालन हुन लागेको हो । दुई दर्जन फरक फरक स्पर्धामा जिल्लाका २ हजार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमले जानकारी दिए ।
बुधबार पत्रकार सम्मेलनमा गौतमले काभ्रेलाई अन्तराष्ट्रिय रुपमा चिनाउने हिसाबले प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनले हरेक हिसाबले चिनिएको काभे्रलाई खेलकुद मार्फत चिनाउने उदेश्य राखेको बताउँदै महोत्सवले काभ्रेको पर्यटनमा समेत बृद्धि गराउने सुनाए । पत्रकार सम्मेलनमा जिसस काभ्रेका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।
काभ्रेका विभिन्न पालिकाबाट सहभागिता जनाउने प्रतियोगिताले काभ्रेका खेलाडीको अन्तराष्ट्रिय स्तरमा पहिचान हुने विश्वास लिएको बताए । पनौतीमा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा हुनेछ ।
जिल्लाका अरु स्थानमा समेत संचालन हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तथा अफिशियललाई पनौतीमै बासको व्यवस्थापन गरिएको छ । पनौतीमा एक पटक हजारौ खेलाडी तथा खेलप्रेमीको सहभागिता रहने छ ।
