After header

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे बस्ने भएको छ । आज बूने बैठकमा सदस्यहरुले आ–आफ ्नो धारणा राख्ने भएका छन् । हिजो बिहीबारको बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको ब्रिफिङ गरेका थिए ।

उनले गृह मन्त्रालय रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले गठबन्धन संकटमा परेको ब्रिफिङ गरेका थिए । नागरिकता विवादपछि सांसद र गृह मन्त्री पद गुमाएका रविले पुनः नागरिकता लिएपछि गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् ।

तर प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय कसैलाई नदिने बताउँदै आएका छन् । नेकपा एमाले समेतले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने अडान लिएको छ । रास्वापाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

बिहीबार बसेको रास्वपाको बैठकले दुई दिन कुर्ने निर्णय गरेको थियो । यसै विषयमा आज बस्ने भनेको बैठकले यसका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने जनाईएको छ ।

एक पटक पढ्नुहोस