After header

बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

बसले ठक्कर दिँदा बालिकाको मृत्यु हुँदा स्थानीयद्वारा बसमा आगजनी  काभ्रे/ काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका ७ भकुण्डे बिपी राजमार्ग स्थित एक बसले बालिकालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी सँगै राजमार्ग अवरुद्ध गरेका छन् । बा २ ख ७३४२ नम्बरको बस काठमाडौं बाट भकुण्डे तर्फ आउँदै गरेको बसले बिहीबार दिउँसो बाटोमा हिँडिरहेकी ८ वर्षीय दिविसा अधिकारी लाई ठक्कर दिँदा घटना स्थलमै बालिकाको मृत्यु भएको प्रहरी ले जनाएको छ । उनको मृत्यु पछि लगत्तै आक्रोशित स्थानीयको भीडले बसमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान भइरहेको र राजमार्ग खुलाउने प्रयास गरिरहेको बताएको छ ।

एक पटक पढ्नुहोस