काभ्रे । बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवनको तल्ला थप्नको लागि २० लाख बजेट छुट्याएको छ । 
बजेट भाषणमा महासंघलाई २० लाख बजेट छुट्याएको महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिएका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेट भाषणमा महासंघलाई बजेट छुट्याइएको अध्यक्ष तिमल्सिनाले बताएका छन् ।
नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोकको भवन निर्माण (तला थप) गर्न बागमती प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको अध्यक्ष तिमल्सिनाले बताएका छन् । उनले भने ‘यसका निम्ति विशेष पहल गर्ने नेपाली कांग्रेसका जिल्ला सभापति एवं खानेपानी, उर्जा तथा सिंचाई मन्त्रि तिर्थ लामाप्रति विशेष आभार व्यक्त गर्दछु।’ तिमल्सिनाले भने । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको एक तल्लाको भवन यस अघि नै सम्पन्न भइसकेको छ तर भवनको तल्ला थप गरेर पत्रकारहरुको सूचना सम्प्रेषण र information center को रूपमा काम गर्न अब यस तल्ला थप गरेपछि मद्दत पुग्ने अध्यक्ष तिमल्सिनाको भनाई छ ।
भवन तल्ला थपको लागि प्रदेश सरकार बाट बजेट परेपछि आफूहरु उत्साहित भएको उपाध्यक्ष विनोद न्यौपानेले बताए । उनले भने यो जिल्ला राजधानी बाट नजिक पनि भएकोले पत्रकारिता क्षेत्रमा देशैभर आँखा यस जिल्लामा पर्दै आएको छ । पत्रकारिताको गुणस्तरलाई मजबुद बनाउन पहिला भौतिक संरचना आबस्यक रहन्छ त्यसपछि अरु प्राविधिक कुराहरू पनि महत्वपूर्ण हुन्छ । पत्रकारितालाई सूचना पहुंच मजबुद बनाउने कुरा पनि अर्को महत्वूर्ण कुरा हो । न्यौपानेले भने ।
