After header

‘अबको समय ढुंगा हान्ने आन्दोलनको होइन अक्षरका आन्दोलनबाट शुरु गर्नुपर्छ’ : न्यौपाने

काभ्रे

‘मानिसले लेखेका एक हरफ शब्दले संसार हल्लीएका छन् ।, आज हजारौँ ढुंगाभन्दा शक्तिशाली त्यो एक शब्द सिद्ध छ ।’ यस्तै अक्षर, पुस्तक , लाइब्रेरी र लेखन–पठनका बिषयमा बोल्दै थिए लेखक तथा प्राज्ञा अमर न्यौपाने । शुक्रबार बिहान काभ्रे जिल्लाको बनेपा स्थित बसपार्क नजिकै रहेको प्रगति पुस्कत भण्डारमा जिल्ला स्थित केही पुस्तकप्रेमीहरु केही, साहित्यकार र केही शिक्षकहरु उपस्थित थिए ।

काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक वाङमय पुस्तक मेलाको आयोजना गरिएको छ । प्रगति पुस्तक भण्डार बनेपाले नजिकिँदै गरेको चाड लक्षित गरी वाङमय पुस्तक मेलाको आयोजना गरिएको हो । पुस्तक मेलाबाट नेपालको चर्चित लेखकहरुका साहित्यिक कृतिहरू, विश्व साहित्य, विभिन्न ज्ञानका अति महत्वपुर्ण पुस्तकहरु र धार्मिक आस्थाका पुस्तकहरू पाइने छन् । यहाँबाट तपाईंहरू पनि अवलोकन गरी आफूलाई मनपर्ने विधाका पुस्तक सहजै प्राप्त गरी लाभ लिन सकिने प्रगति पुस्तक भण्डार बनेपाका सञ्चालक भुवन मानन्धरले जानकारी दिए । उनले यो किसिमको कार्यक्रम आफूहरुले अब निरन्तर गर्ने पनि बताएका छन् । उनले यो मेला बाट पुस्तक किन्नेले २० प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको बताए ।

त्यस्तै उपस्थित भीडलाई आफ्ना भनाईले नतमस्तक बनाई रहेका थिए यूवा लेखक तथा प्राज्ञा अमर न्यौपाने । उनी भन्दै थिए । ढुंंगा, बन्दुक र बारुद्ले युद्ध गरेर धेरै परिवर्तन र राजनीतिक आन्दोलनहरु भएको विश्व इतिहासमा नेपाल पनि जीवित इतिहास भोग्दै यो अवस्थामा आयो, अबको युद्ध केवल अक्षरले मात्रै संभव छ, हामीले अरु विकसित मुलुकहरुमा देखेका छौँ आज टोल टोल र अनि घर घरमा पुस्तका लाइब्रेरीहरु बनेका छन् । विद्यार्थीहरु उनीहरुले चाहेका र राम्रा किताबहरु छानेर पढ्न सक्छन् तर नेपालमा संघीयता आइसके पनि विकेन्द्रिकृत शासन प्रणाली लागु भए पनि पुस्तक पढ्ने पढाउने भन्ने बित्तिकै केवल स्कुलका रेकर्र्डर जस्ता किताब मात्रै सम्झन्छन् त्यो हुनु भनेको शिक्षक केवल रेकर्डरजस्ता भए । विद्यार्थी भुत्ते कलम लिएर भिजेका काजमा अक्षर कोरिहेर भविष्य खोजिरहेका जस्ता मात्रै भए । सर्वप्रथम शिक्षक अध्ययनशील नभए सम्म अक्षर आन्दोलन संभव छैन् । उनले आफ्नो विगतका अनुभव सुनाउँदै नजिकै उपस्थित रहेका शिक्षकलाई भन्दै थिए । न्यौपानेले संसारका जुनसुकै पनि बिषय साहित्यसँग जोडिएको नै हुने र त्यसबाट कुनै न कुनैरुपमा तथ्य कारण प्रमाण सहित प्रमाणित गर्न सकिने भएरै विद्यार्थीले त्यसतर्फ अभिरुची राख्नुपर्ने र शिक्षकले पनि त्यस्ता कुरामा सघाउनुपर्ने बताएका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले आफूले विगत देखि नै लेख्ने र ज्ञान बाँढ्ने कुरामा कसैसँग पनि नझुकेको बताउँदै स्थानीय सरकारले लेखकहरुको संरक्षण गर्न नसकेकाप्रति चिन्ता व्यक्त गरेका छन् । उनले लेखकहरुका संरक्षण समद्र्धन गर्ने मामलामा कहिल्यै पनि स्थानीय सरकारले चासो नदिएको र यो निरन्तर कायम रहिरहे भावी पुस्तामा लेखन र पठन संस्कृति कमजोर हुने औँल्याएका छन् । उनले लेखन र पठन संस्कृति कमजोर हुँदा सबै क्षेत्रमा त्यसको व्यापक प्रभाव र असर देखिँदै जाने र कलान्तरमा अक्षरको युद्धमा नेपाल र नेपाली कमजोर हुनसक्ने तर्फ सचेत रहनुपर्ने तर्क गरेका छन् ।

एक पटक पढ्नुहोस