काठमाडौं ।
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवं पुवं प्रधानन्यायाधिश खिलराज रेग्मीले जघन्य अपराधमा जन्मकैदको सजाय तोकिएका गुण्डा नाइके रिगल भनिने योगप्रसाद ढकालको कैद मिनाह गर्ने सरकारको निर्णयले सबैको ध्यान केन्द्रित गरेको बताउनु भएको छ ।
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिई खुडा प्रहार गरि हत्या गरिएको कसुरमा तीनै तहको अदालतबाट जन्म कैदको सयाज पाएका ढकाललाई १२ वर्ष कैदको सजाय सरकारको सिफारिसमा राष्ट्रपतिले माफि मिन्हा दिएका थिए । यो प्रकरणमा सरकार र राष्ट्रपति चौतर्फि रुपमा आलोचित भइरहेको बेला मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मीले अहिले सक्नेले जे गरेपनि हुने भन्ने सन्देश गएको बताउनु भएको छ ।
राष्ट्रपतिले ढकालको बाकी कैद माफि मिन्हा गरे संगै मानन्धरकी पत्नी भारती शेर्पा न्याय माग्दै माइतिघरमा अनशन बसेकी छन् । कानुनको अपव्याख्या गर्दै उन्मुक्ति दिएको भन्दै यो प्रकरण फेरी अदालतमा पनि गएको छ । हत्या गरिएका मानन्धरको श्रीमति भारतीको चित्कार र पाएको न्याय खोसिएको अनुभुति भएको पिडादायी अभिव्यक्तिले जो सुकैको ध्यान आकर्षित गरेको भन्दै मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मीले यस्तो प्रवृत्ति प्रति गम्भिरतापुर्वक सोच्न वाध्य बनाएको बताउनु भएको छ ।
शुक्रवार मिडिया दर्पण संग कुरा गर्दै रेग्मीले भन्नुभयो– दिन दहाडै हुल बाधेर संगठित रुपमा गरिएको गम्भिर र जघन्य किसिमको अपराधमा माफि दिने, दिलाउने कामले समाजमा गम्भिर नकारात्मक सन्देश गएको छ । यसले सरकारले दण्डहिनतालाई प्रश्रय दिएको सन्देश गएको भन्दै उहाले भन्नुभयो– पिडितले अन्यायको महशुस गरि पिडावोध गर्नु र आम जनसमुदायको पिडित प्रतिको सहानुभुतिले संविधान, कानुन एवं कानुनी राज्यको मुल्य मान्यता प्रति वेवास्ता गरिएको उदाहरण यो घटना हुन पुगेको छ ।
‘जस्तोसुकै अपराध भएपनि सरकार, राष्ट्रपतिमा पहुच पु¥याउनेले माफिको लाभ प्राप्त गर्ने रहेछन भन्ने परेपछि दण्डहिनता मौलाउने भयो’ रेग्मी भन्नुहुन्छ– यसले जे गरेपनि हुने रहेछ भन्ने सनदेश जाने हुदा यसवारे गम्भिर विचार विमर्स गर्नुपर्छ । न्यायपुर्ण समाज निर्माणको सदुपयोग गरौ भन्दै उहाले सजाय पाएको मात्र होइन पिडितको आवज अझ गम्भिर ढंगले सुन्न र विचार गर्न आग्रह गर्नुभएको छ ।
मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मीले अहिले देशको विभिन्न भागमा सामाजिक सद्भाव विथोल्ने, धार्मिक असहिष्णुता प्रदर्शन गर्ने जस्ता कार्य भएको प्रति चिन्ता व्यक्त गर्दै आपसि सदभाव, धार्मिक र सामाजिक सहिष्णुता कायम गरि अघि बढ्न आग्रह गर्नुभएको छ ।
