काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा पिङ हाल्न रुख चडेका एक जनाको रुखबाट खसेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार ५० वर्षका गणेश परियार आज पिङ थाप्न रुख चढने क्रममा रुखबाट खस्न पुग्दा मृत्यु भएको जानकारी दिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
