After header

खानीखोला दुईका राजुको रहस्यमयी अवस्थामा शव फेला !

काभ्रे । जिल्लाको अति विकट मानिने खानीखोला गाउँपालिकामा पर्ने खानीखोला वडा  नम्बर २ का राजु भोलन मृत अवस्थामा भेटिएका छन् । उनको रहस्यमयी अवस्थामा आज शव भेटिएको स्थानीयले बताएका छन् । खानिखोला २ भिमसेनडाडा (ब्ये ) निबासी राजु भोलन ससुरालीमा रहेको आफ्नो छोरी लिन गएका र ससुराली गाउँ खानिखोला ७ मिल्चेमा मृत अबस्थामा परेको स्थानीयले बताएका छन्  । उनीहरूका अनुसार राजुको शव डोरीमा झुण्डिएको र खुट्टाले भुइँमा समेत प्रष्ट टेकिएको शंकास्पद अवस्थामा छ । उनको शव आज  स्थानीयले देखें पछि प्रहरीमा खबर गरिएको बताइएको छ । स्थानीयहरु का अनुसार राजु भोलनको श्रीमती बिदेश रहेको बताइन्छ । मृत भेटिएका राजुको शव र घटना बारे प्रहरीले अनुसन्धान शुरु गर्ने बताएको छ ।

एक पटक पढ्नुहोस