After header

पेस्तोल दिएको भन्दै हवल्दारलाई निलम्बित

काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा भएको घटनालाई लिएर प्रहरी हवल्दारलाई निलम्बित गरिएको प्रहरीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका जनाएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको हो । केही दिन अघि दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरेका थिए ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको एकजना अधिकृतले बताए ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

एक पटक पढ्नुहोस