After header

७६ लाख ठगीको आरोपमा बाग्लुङ्ग केसी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ७६ लाख ठगीगरेको आरोपमा बाग्लुङ्गका बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डपलाई पक्राउ गरेको छ । बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले ति युवकलाई पक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीका अनुसार

३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उनले जानकारी दिए । काठमाडौँ महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका हुन् ।

प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

एक पटक पढ्नुहोस