After header

भिरबाट लडेर ४० वर्षीय जोशीको निधन

दार्चुला । भिरबाट लडेर ४० वर्षीय एक महिलाको निधन भएको छ । दार्चुलाकी दुहुँ गाउँपालिका–२ हेकातीकी ४० वर्षीया सरस्वती जोशीको भिरबाट लडेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । खर काट्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब निरीक्षक केशव शर्माका अनुसार घरभन्दा दुई किलोमिटर दूरीमा रहेको खर फागालामा खर काट्ने क्रममा भिरबाट लडेर जोशीको मृत्यु भएको हो । मृतक जोशी दुहुँस्थित गौरीलमाण्डौँ माध्यमिक विद्यालयमा बाल विकास सहजकर्ताका रूपमा कार्यरत थिइन् ।

एक पटक पढ्नुहोस