After header

गुडिरहेको ट्रकमा आगलागी

धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।अहिले लम्कीचुहा नगरपालिकाको दमकल पनि पुगेको छ ।

एक पटक पढ्नुहोस