After header

दुई विद्यालयमा पुस्तकालय निर्माण

काभ्रे । धुसिलखेल नगरपालिका भित्र रहेका दुईवटा विद्यालयमा पुस्तकालय निर्माण गरिएको छ । धुलिखेल नगरपालिका भित्र रहेका करथरी माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालय बतासेमा पुस्तकालय निर्माण गरी एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ ।

एल्सराईन जापान÷चौतारी जापान र धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा लवग्रीन नेपाल र विद्यालय ब्यवस्थापन समितिद्वारा निर्मित उक्त पुस्तकालय हस्तान्तरण गरिएको हो । नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एल्सराईन जापान÷चौतारी जापानका प्रतिनिधीहरु सहभागि थिए ।

नगर प्रमुख ब्याञ्जुले विद्यालयहरुमा सहयोग पु¥याएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि शैक्षिक तथा अन्य गतिविधीमा समेत सहयोगका लागि अनुरोध गरे ।विद्यालयको पूर्वाधार सँगै शैक्षिक गुणस्तरका लागि ध्यान नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको बताउँदै नगर प्रमुख ब्याञ्जुले पुस्तकालय मार्फत विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा विद्यालय शिक्षक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधीहरु, लवग्रीन नेपालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । विद्यालय निर्माणमा सहयोग पु¥याएकोमा स्थानीयहरुले प्रतिनिधीहरुलाई भब्य स्वागत गरेका थिए । उक्त संस्थाले १२ वर्ष अघि करथरी माध्यमिक विद्यालयको भवन निर्माणमा समेत सहयोग गरेको थियो ।

एक पटक पढ्नुहोस