काभ्रे । काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ महादेवटारमा आगलागीबाट ११ जनाको १५ घर जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रोशी ४ महादेवटार सानोकोटा गाँउमा रहेको १५ वटा घरहरु जलि नष्ट भएको र करीब २ करोड ३० लाखको क्षेती भएको उनले जानकारी दिए ।
मानवीय, चौपय क्षति नभएपनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने बिवरण प्रहरीले सार्वजनिक गरेको छ । .काभ्रेपलाञ्चोक जिल्ला रोशी गा.पा.वडा नं.४ सानो पोटा बस्ने वर्ष ४२को प्रेम तामाङको ढुङगा माटो र काठले बनेको जस्ताले छाएको ४ कोठाको १ तले घर, काठले बनेको २ वडा गोठ, चाँदीको पैसा २ पाथी,नगत ७ लाख, सुन ३ तोला,लत्ताकपडा,भाँडा गरि करीब ४० लाख बराबरको क्षती भएको छ । जनक तामाङको ढुङगामाटोले बनेको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा गरि २८ लाख बराबरको क्षती भएको छ ।
त्यसैगरी राम ब.तामाङको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा पुरानो पैसा नगद ५५ हजार गरी करीब ३९ लाख बराबरको क्षती भएको छ । सत्यलाल तामाङको घर २ वटा घर गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा ,खाट र दराज अन्नपात टि.भि.र डिसहोम गरी २७ लाख पचास हजार बराबर क्षेती भएको उनले जानकारी दिए । तिर्थ लाल तामाङका े२ तले घर, गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा १७ लाख बराबरको क्षती भएको छ ।
धन काजि तामाङको भुकम्प राहात घर २ तल,े पुरानो घर २ वटा गोठ र ट्वालेट हजारभाँडा वर्तन,अन्नपात,लत्ताकपडा गरी जम्मा .१६लाख ८०हजार बराबरको क्षती भएको छ । पदम ब.तामाङ को २ तले कच्ची घर २ वटा भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा १३ लाखको क्षती भएको छ । प्रशान्त थिङ तामाङको २ तले पक्की घर किराना पसल र खाद्यन्न समानहरू नगत २ लाख गरी करीब २४ लाखको क्षती भएको छ ।
माया तामाङको १ तले घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु जम्मा ६लाख ५०हजारको क्षती भएको प्रहरी जनाएको छ । पल ब.तामाङको १ वटा पक्की घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी ११लाख पचास हजार बराबरको क्षती भएको छ । साईली माया तामाङको १ वटा कच्ची घर(पुर्ण क्षती) भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी करीब ३ लाख ५०हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयक काभ्रे डिएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए ।
\११ जनाको गरी १५ वटा घर जलेर नष्ट भएको र प्रहरीले सबै अनुशन्धान गर्दा करीब २ करोड ३० लाख जतिको क्षती भएको अनुमान गरेको उनले जानकारी दिए ।प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आईसकेको उनले जानकारी दिए ।
