After header

ललितपुरमा डढेलो निभाउँदा जाँदा दुई जनाको मृत्यु

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरी र ३५ वर्षीय शङ्कर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगो निभाउँन जाँदा घाईते भएको उनीहरुको उपचारको क्रममा दुवै जनाको मृत्यु भएको उनले जानकारी दिए ।

 

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ । डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले जानकारी दिए ।

एक पटक पढ्नुहोस