After header

आगलागीबाट काभ्रेको रोशीमा १४ घर जले

काभ्रे । काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ महादेवटारमा आगलागीबाट १४ घर जलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रोशी ४ महादेवटार सानोकोटा गाँउमा रहेको १४(चौध) वटा घरहरु जलि नष्ट भएको जानकारी दिए ।

 

मानवीय, चौपय क्षति नभएपनि आगलागीबाट भएको भौतिक क्षति के कति भयो भन्ने बिवरण प्राप्त भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको, क्षतिको बिबरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

घरतिर लागेका आगो नियंत्रणमा आए पनि जंगलमा लागेको आगो नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास भईरहेको छ ।

एक पटक पढ्नुहोस