काठमाडौ. । घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेपछि गाउँ छोडेको हायू परिवारले प्रहरीलाई बयान दिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरुले यस्तो बयान दिएका हुन् । उर्मिला सहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए ।
उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।”
