काभ्रे । तेमाल बृहत खानेपानी आयोजनाको सम्झौता गरिएको ११ बर्ष बित्यो । काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ बर्षमा घरघरमा पु¥याउने लक्ष्य राखिएपनि विविध कारण पाँच बर्षदेखि ‘निर्माणाधीन’कै चरणमा छ । लिफ्टिङ प्रविधिको उत्क् आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो ।
पछिल्ले समय ०८१ चैत महिनाभित्र तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई घरघरमा पु¥याउन आयोजनाको काम तीव्रता दिइएपछि पछिल्लो बर्ष भने बजेट अभावका कारण कामलाई स्थगितनै गर्नुपरेको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिए । तोकिएको मितिमै खानेपानी आयोजनाको कामसक्ने लक्ष्य लिइएपनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लब्ँिदै गएको हो ।
“ठकेकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत बर्ष आयोजनाको काम गरेन”, लामाले भने । तेमाल बृहत खानेपानी आयोजनाको काम कालिका–सिएबी जेभी नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो ।खानेपानी मन्त्रालयबाट गत आर्थिक बर्षमा करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले निर्माणको काममा आलटाल गरेको लामाको भनाई छ । उनका अनुसार भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवारी व्यक्तिहरुले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको हो ।
उनका अनुसार तेमालको वडा नं ५, २ र ९ मा सडक लगायत भौतिक पूर्वाधार निर्माण गर्दा पाइपलाइनमा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ । २०८१ असोजको बाढीपहिरोले आयोजनालाई क्षति पु¥याएपछि अधिकांश स्थानका पाइपलाईन, विजुलीको ट्रास्नफर्मर तथा खम्बा पनर्निर्माणको काम बाँकी रहेको छ ।
आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिव एक बर्ष धकेलिएपछि भने हाल आयोजनाको करिव ९९ प्रतिशत काम सकिएपनि क्षतिग्रस्त संरचना पुनःनिर्माणको चरणमै रहेको लामाले बताए । उनका अनुसार मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पु¥याइसकिएको छ ।
उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भैसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि बितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भैसकेको जनाइएको छ । उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिव नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित ११० घरपरिवारसमेत समेटेको छ ।
तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन निर्माण थालिएको हो । पाइपको मेनलाईनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो .खनेर विछ्याउनुपर्ने सम्झौता अनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताए ।
याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ ।आयोजनाको छुट भएका केही निर्माणको काम गर्न संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाबाट २०८१ पुसमा रु दश करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माणको काम भएको थियो ।
हाल आयोजना सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गर्न आयोजना तथा ठेकेदारले वेवास्ता गरेको स्थानीयको आरोप छ । आयोजना सम्पन्न गर्न अझै रु ४६ करोड लाग्ने अनुमान गरिएको लामाले बताए ।लिफ्टििङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदीकिनारमा छ । ०८१ असोजको बर्षको बाढीपहिरोले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो ।
तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको ७ नं. वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाईमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका छन् ।
