After header

काभ्रे क्षेत्र १ का उम्मेदवार गौतम मतदाताको घरआँगनमा

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम यतिबेला मतदाताको घर आँगनमा पुगेका छन् । लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय गौतमको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनदेखि जनयुद्ध, बेपत्ता जीवन, यातना र लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म फैलिएको छ ।

वि.सं. २०१७ सालमा काभ्रेपलाञ्चोकको चौंरीदेउराली–५ मा जन्मिएका गौतम निम्न वर्गीय परिवारमा हुर्किएका हुन् । स्नातक तहसम्म अध्ययन गरेका उनी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका थिए ।२०७४ सालको स्थानिय तहको निर्वाचनमा चौरी गाउँपालिकाको अध्यक्ष निर्वाचित गौतमा कोसीपारीका लागि विकास प्रेमी नेताको रुपमा परिचित छन् । पार्टीको विभिन्न पदमा रहेका काम गरेका उनले जिल्लाको विकासका लागि हिजोको दिनमा गरेको योगदानले काभ्रेका जनताले उनलाई विकासप्रेमी र शालिन ब्यक्तिको रुपमा परिचित गरेका छन् ।

काभ्रे क्षेत्र नं. १ अन्र्तगत ६९ वटा वडामा यतिबेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को उम्मेदवार बनी तारा चिह्मा भोट माग्दै मतदाताको घरआँगनमा गौतम ब्यस्त रहेका छन् । घरदैलो अभियान सुरु गरेका उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रभर जनताको घरआँगनमा पुगेर मत माग्दै जनताको गुनासो सुन्नमा ब्यस्त रहेका छन् । जिल्लाको विकास प्रेमी नेता सानै उमेर देखि राजनितिमा लागेर पार्टीको विभिन्न पदमा रहेर काम गरेका गौतमले जिल्लाको हकमा विकास प्रेमी नेता रुपमा परिचित नाम हो ।

पहिलो पटक प्रतिनिधि सभाको निर्वाचन उठेका उनलाई यतिबेला मतदाताले सवगत गदैं जितको शुभकामना दिएका छन् । निरतन्तर जनता माझ घुलमिल भइरहने र समाजका लागि सामाजिक कार्यमा अग्रसर रहँदै आएकाले आम मतदाता माझ अरुको तुलनामा निकै लोकप्रीय बनेका दिननागलाई आम मतदाताहरुले जितको शुभकामना दिदै आ–आफ्नो गुनासो राखेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगेका गौतमले आफुले हिजो पनि काभ्रेका लागि विकास गदै आएको र जनताको मर्कामा साथ दिदैआएकाले भोलिका दिनमा काभ्रेको विकासका लागि अझै लागिपर्ने बताउदै यस पटक आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका थिए ।

एक पटक पढ्नुहोस