
काभ्रे क्षेत्र नम्वर २ ः नेपाली काँग्रेस उम्मेदवार आचार्यका चुनौती
दुई पटक आफै पराजित, पार्टीका उम्मेदवारलाई अन्र्तघातको अभियोग नटुङ्गिदै पुनः उम्मेदवार
काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्वर २ यस अघिका चर्चित उम्मेदवार गोकुल बास्कोटाले टिकट नपाए पछि झनै चर्चामा छ । २०७० मा पराजित नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा २०७४ मा विजयी भए पछि मन्त्री भए । २०७९ सालमा उनी माथी ७० करोड रुपैया भ्रष्टाचारका लागि डिल गरेको गम्भिर अभियोग थियो ।
सबैले सहजै अनुमान गरेका थिए उनले निर्वाचनमा पराजय ब्यहोर्नेछन् । अघिल्लो निर्वाचनमा ५० हजार मत कटाएका बास्कोटाले २०७९ मा ४५ हजार प्राप्त गरी विजयी भए । त्यो पनि नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी लगायतका दलबाट संयुक्त गठनबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईलाई पराजय गरे ।
मधु आचार्यलाई हरेक निर्वाचनमा लाग्ने एउटै अभियोग हो अन्र्तघात । हर्षजित लामा उम्मेदवार भएका बखत पनि आचार्यलाई अन्र्तघातको आरोप लाग्यो । पार्टीले आन्तरिक छानविन ग¥यो । पछि त्यतिक्कै फुकुवा ग¥यो । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा उम्मेदवार बने । त्यतिबेला नेकपा माओवादी केन्द्रका सुर्यमान दोङ्गसँग २० हजार फराकिलो मतले पराज ब्यहोर्न पुगे । फेरी १० वर्ष पछि उनी पुनः २०७४ मा उम्मेदवार बने ।
उनलाई एमालेका बास्कोटाले नै पराजय गरे । त्यतिबेला बास्कोटाले ५० हजार भन्दा धेरै मत ल्याएर देशभर लोकप्रिय मतको पाँचौ भित्र परेका थिए । त्यतिबेला पनि उनी पार्टीको स्पस्टिकरणमा परे । त्यो भन्दा अघि पनि उनलाई पटक पटक पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको अभियोगमा कारवाही सिफारिस गरिएको थियो ।
२०७९ मा आचार्य टिकटका तिब्र आकाँक्षी थिए तर टिकट शिवप्रसाद हुमागाईले प्राप्त गरे । टिकट पाएकै दिन देखि उनी उम्मेदवार हुमागाईसँग सम्पर्कमा रहेनन् । हुमागाईले गठवन्धनको मत त प्राप्त गरे तर पार्टी भित्रकै करिव ६५ सय मतदाताको मत आचार्यद्वारा बास्कोटालाई फिक्सिङ्ग गरेको खुल्ला घोषणा गरे ।
मतपरिणाम सार्वजनिक भए लगत्तैको मतदातालाई धन्यवाद दिने सभामा हुमागाईले आचार्यको नाम नलिई पार्टीका नेताहरुकै कारण निर्वाचनमा पराजय ब्यहोरेको घोषणा गरे । लगत्तै जिल्ला समितिको बैठकले आचार्य लगायतका केहि नेतालाई कारवाहीको सिफारिस भयो । धुलिखेलमा विपीको शालिक अनावरण गर्ने एक कार्यक्रमको केहि दिन अघि मात्रै आचार्य लगायतका केहि नेताहरु माथी लगाईएको कारवाहीको अभियोग छानविन भएर नटुङ्गिदै फुकुवा भयो । उनी माथी लागेका हरेक निर्वाचनको अन्र्तघातको सफाई भने कहिल्यै पाएनन् ।
अहिले उनै आचार्य सोहि क्षेत्रमा उम्मेदवार छन् । एमालेबाट गोकुल बास्कोटाले टिकट लिएनन् । एमालेबाट धुलिखेल नगरपालिकामा २०५४ सालमा उपप्रमुख, २०७४ र २०७९ सालमा प्रमुख पदमा विजयी ब्याञ्जु उम्मेदवार छन् । पार्टी भित्र कहिल्यै विवादमा नपरेका, जनप्रतिनिधि हुँदा धुलिखेललाई र सिङ्गो काभ्रेलाई देश र विदेशमा समेत चिनाएका स्वच्छ उम्मेदवार हुन् ब्याञ्जु ।
नगर इन्चार्ज हुँदै जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उप सचिव, सचिव, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुँदै अध्यक्षमा समेत निर्विरोध निर्वाचित भएका ब्याञ्जु प्रदेश कमिटी सदस्य हुँदै केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका हुन् । चुनावी कमाण्डर, काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज समेत रहेका ब्याञ्जुलाई गोकुल बास्कोटाले असहयोग गर्ने हो कि ? भन्ने आशंका आम नेता कार्यकर्तामा देखिन्छ ।
तर बास्कोटा खुलेर भोट मागिरहेको, पार्टीले उठाएको उम्मेदवार जिताउने अभियानमा सक्रिय भए पनि आचार्य भने पहिला बास्कोटालाई लगाएको गुन तिर्छन कि भन्नेमा आशावादी छन् । नेपाली काँग्रेस निकटका कार्यकर्ताहरु नै खुलेर भन्न थालेका छन् मधु आचार्यले चाँहि नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई जिताउन नभई हराउन सक्रिय हुन पर्ने अनि अहिले चाँहि सिंङ्गो काँग्रेसले उनलाई सहयोग गर्नु पर्ने ?
काँग्रेस उसै पनि आन्तरिक विवादमा छ । विशेष महाधिबेशनका नाममा नेताहरु माथि गरिएको तेजोबोध यथावत छ । महाधिबेशनका लागि काभ्रेमा २६ र २८ को अवस्था थियो । हुमागाईको पक्षमा २६ र विशेषका पक्षमा २८ । आचार्य विशेष महाधिवेशनको मुख्य डिजाईनर हुन् । हुमागाई नियमित महाधिबेशनको पक्षधरता हुन् । उनले गगन थापा विशेष महाधिबेशनबाट सभापति भए पछि उनको हस्ताक्षरबाट टिकट नलिने घोषणा नै गरेका थिए ।
उनी केन्द्रिय सदस्य थिए । तर पनि उम्मेदवारी दर्ता र चुनावी कार्यक्रममा निस्किएका हुमागाई केहि दिन देखि सुस्त र भुमिगत जस्तै छन् । उनले धेरै नेता कार्यकर्ताको टेलिफोन उठाएका छैनन । काठमाडौ जडिबुटीमा आयोजित चुनावी कार्यक्रममा उनलाई पुर्व केन्द्रिय सदस्य भनेर अपमान सहितको आसन ग्रहण गराईयो । पनौतीमा कार्यालय उद्घाटनका क्रममा पनि अपमान गरियो । तर पनि उनले निर्वाचनसम्म पार्टी भित्रका आन्तरिक विवादहरुलाई पैताला मुनी राखेर पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्छ भन्दै सक्रिय भए पनि केहि दिन देखि खुल्ला भएका छैनन ।
नेता आचार्यलाई आफ्नै बोली पनि घाँडो भएको छ । कार्यकर्ताले त सोधे सोधे प्रतिपक्षी पार्टी रास्वपाका नेताले समेत उनले गरेको भाषण सम्झाएका छन् । सुधारिएको काँग्रेस भन्दै श्रीमान श्रीमती एउटै पार्टीबाट सांसद नबन्ने घोषणालाई लात हानेका छन् । उनको श्रीमती कमला पन्त राष्ट्रिय सभा सांसद हुन् । उनी प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् । त्यसैले अरुलाई भन्नु र आफैमा गर्नु फरक भए पछि आचार्यका एक पछि अर्का आर्दशका गफ पनि फिक्का भएका छन् ।
आफु सधै आफ्ना पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्र्तघात गर्ने अनि आफैलाई परेका बेला कसले गर्छ सहयोग ? काँग्रेसका कार्यकर्ताहरुले निर्वाचन प्रचार प्रसारका समयमा प्रश्न गरेका छन् । कञ्चनचन्द्र बादेलाई पनि उनले अन्र्तघात गरेको आरोप छ । बल्थली उनकै गाउँ हो । एकै दिन २ सय काँग्रेसमा प्रवेश गराएर मत चाँहि ४ सय पनि नआए पछि आचार्यको बाहिरी र भित्री योजनाका बारेमा बादे पनि झसंङ्ग भएका थिए ।
तेश्रो पटक उम्मेदवार भई जितको अपेक्षा गरेका आचार्यको यो अन्तिम निर्वाचन हुनेछ । तेश्रो पटक पनि उनका लागि शुभ लक्षण नदेखिएको कार्यकर्ताहरुले चर्चा गरेका छन् । नेता हुमागाई पार्टी भित्रका बलियो संगठक मानिन्छन । २०५६ मा ३ वर्ष ८ दिन मात्रै सांसद हुने अवसर पाएका हुमागाईको पक्षमा कार्यकर्ताहरु शशक्त छन् । तर आचार्यको पक्षमा लागेका अधिकांश कार्यकर्ताहरुले साथ छाडेका छन् ।
अन्य उम्मेदवारलाई झनै चुनौती
नेपाली काँग्रेस र नेकपा एमाले काभ्र्रे क्षेत्र नम्वर २ का मुख्य प्रतिस्पर्धी हुन् । एमालेले प्राप्त गरेको समानुपातिक मत नेपाली काँग्रेसको भन्दा १० हजारले धेरै छ । २४ हजार ल्याएको काँग्रेसले जित्नका लागि केहि हजार मत थप गरी आफ्नो मत सुरक्षित गर्नु पर्ने चुनौती छ । एमालेले ३४ हजार मत प्राप्त गरेको थियो । उसले आफ्नो मत जोगाउँदा सजिलै चुनाव जित्ने देखिन्छ । तर नयाँ भनिएको दलका उम्मेदवारको पनि प्रतिस्पर्धामा मत आउने देखिन्छ ।
नेकपा एमालेबाट अशोक ब्याञ्जु, रास्वपाबाट बदन भण्डारी र नेकपाबाट बसुन्धरा हुमागाई प्रतिस्पर्धामा छन् । हुमागाई पुर्व माओवादी र पुर्व एमालेको मतको अपेक्षामा छन् । तर संगठन भुत्ते छ । रास्वपाका बलिया संगठन छैनन तर काँग्रेस एमाले प्रतिको असन्तुष्ट मत जाने देखिन्छ । एमाले भित्रको बास्कोटा समुहको असहयोग हुने हो कि ? भन्ने आशंका उत्तिक्कै देखिन्छ । काँग्रेसका आचार्य उनै बास्कोटाको भरमा निर्वाचन जित्ने अपेक्षामा छन् ।
एक पटक पढ्नुहोस