After header

विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने

 

काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने भएको छ । विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउन लागेको हो ।‘तयारी भइरहेको हो, खटाइसकेको छैन । गृहकार्य गर्दै छौं,’ रास्वपाका प्रवक्ता मनिष झाले भने ।

सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको बताउँदै क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागेको रास्वपाले जनाएको छ । ‘सांसद भनेको भविष्यको मन्त्रीसमेत हो । उसको लागि ट्रेनिङ पनि हुन्छ,’ झाले भने । कतिपय सांसदले भने आफ्नो विज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गरिरहेका छन् ।

जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको रास्वपाको भनाइ छ । प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएका छ ।

एक पटक पढ्नुहोस