After header

विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँगप्रधानमन्त्री बालेनले छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय तथा विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाइएको दाहालले जानकारी दिइन् । बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या तथा समाधानका उपायबारे विस्तृत विमर्श हुने बताइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूबारे पनि छलफल केन्द्रित रहनेछ ।

छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपतिसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालका उपकुलपतिहरू पनि छलफलमा उपस्थित हुनेछन्।

बैठकमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू पनि सहभागी हुनेछन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन्। सरकारले उच्च शिक्षामा देखिएका समस्याहरू समाधान गर्न र समन्वय सुदृढ बनाउन यो छलफल गर्न लागेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालले जानकारी दिइन्।

एक पटक पढ्नुहोस