After header

काभ्रेका किसानको दुःखमा सांसद चौलागाई किसानको खेतबारीमा

काभ्रे । शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिकास्थित किसानका खेतबारीमा काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मधुकुमार चौलागाई पुगेका छन् । किसानले लगाएको बाली दुईदिन परेको पानीका कारण नष्ट भएको र निसार भई बसेका किसानलाई आज उनै किसानका बारीमा पुगी किसानलाई सात्वना दिएका छन् ।

काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिसहितको टोलीले दुवै नगरमा पुगेको क्षतिबारे स्थानीयसँग जानकारी लिएको थिए ।अनुमगन धुलिखेलको १, ११ र १२ नं तथा पनौतीको ६, ८, ९ र १० वडाका खेतबारीमा लगाइएको आलु तथा तरकारी र अन्य फलफुलमा बर्षाले पारेको क्षतिको स्थलगत अनुमगन गरिएको हो ।

अनुगमनका क्रममा चौलागाईले क्षतिको एकीन विबरण वडा कार्यालयलाई उपलब्ध गराईदिन सुझाव दिएका छन् । “क्षतिको एकीन बिबरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसदमा समेत विषय उठान गर्नेछु”, चालागाईले भने ।

चौलागाईंले पीडित कृषकलाई राहतस्वरुप खेतबारी हाल्ने रासायनिक मल अनुदानमासमेत उपलब्ध गराउन आफु्नो भूमिका रहने उनले बताए । उनले अनुगमनपछि कृषकको ९५ प्रतिशत आलुबाली तथा अन्य फलफुलमा क्षति पुगेको पाइएको उनको भनाई थियो । पनौती–१० सुन्धान ईंट्टेका कृषक अप्सरा कुँवरले आफ्नो संयुक्त परिवारको करिब १५ रोपनी खेतको आलुबाली असिना–पानीले क्षतिग्रस्त बनाएको बताईन् ।

उनले आफ्नो खेत सूडीखोला छेउमा भएकाले आलुखेत डुवानमा परेको तथा बर्षेनी बाढीले बालीनालीमा क्षति हुने गरेको सांसद चौलागाईसमक्ष गुनासो गरिन् । चौलागाईंले स्थानीय कृषकलाई मापदण्डअनुसार खोला ब्यवस्थित गर्न लागिने आश्वासन समेत दिएका छन् ।

यसैबीच जिल्ला कृषि विकास कार्यालयले बर्षाका कारण जिल्लाको बालीनाली तथा फलफुलमा पुगेको क्षतिको बिबरण सङ्कलन थालिएको जनाएको छ । स्थानीय तहसँग समन्वय गरी क्षतिको बिबरण लिन थालिएको कार्यालयका अधिकृत रामशरण मिजारले जानकारी दिए । उनका अनुसार केही दिनमा बाली र फलफु्ल क्षतिको एकीन बिबरण उपलब्ध हुनेछ ।

एक पटक पढ्नुहोस