After header

चट्याङ लागेर बाबुछोराको मृत्यु, अन्य चार जना घाईते

प्युठान । चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव जिल्ला अस्पतालमा राखिएको छ । आज सोमबार पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ ।
चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् ।

वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोरा जिल्ला अस्पताल विजुवारमा उपचाररत छन् ।यस्तै, माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर दुई दिदीबहिनी घाइते भएका छन् । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस