After header

राहदानी छपाइ अनियमितताबारे अख्तियारद्धारा थप दुईजना पक्राउ

काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे अनुसन्धान गर्न अख्तियारले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । असार १ मा साँझ आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पक्राउ गरेको थियो । अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ पश्चात् अख्तियारको जिम्मा लगाएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकृतहरू बताउँछन् ।

एक पटक पढ्नुहोस