After header

नमोबुद्ध नगरपालिका वडा नं. ४ बालमैत्री वडा घोषण

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका अन्र्तगत वडा नं ४ बालमैत्री वडा घोषण गरिएको छ । नमोबुद्ध नगरपालिकाको वडा नं ४ लाई एक कार्यक्रमको बिच बालमैत्री वडा घोषण गरिएको छ । वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बालमैत्री वडा घोषणा गर्दै वडा ४ का अध्यक्ष अर्जुन बहादुर कार्कीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचक पूरा गरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले अनुगमन गरेर वडा घोषणाका लागि स्वीकृति प्रदान गरेको थियो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले दिगोपना कायम गर्न अनुरोध गर्दै सूचकहरु घट्ने खालका कुनै काम नगर्न सचेत हुनुपर्ने बताए ।

नगर प्रमुख कुनसाङ लामाले अन्य वडालाई पनि क्रमशः बालमैत्री घोषणा गर्दै लगिने बताए । उनले बालमैत्री कागजमा मात्रै सिमित नहुने र व्यवहारमा समेत लागु गर्ने कार्यक्रममा उपस्थिती अभिभावकहरुलाई आग्रह गरेका थिए ।बालमैत्री वडा घोषणा भएकोमा खुसी व्यक्त गर्दै नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन काकीले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।

बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष ओलीले जानकारी दिए । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तारादेवी सुनुवारले अन्य वडामा पनि सूचकहरू पूरा गर्न काम भइरहेको बताइन् ।

कार्यकममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जनका माविका प्रधानाध्यक प्रदिप पोखरेल, वडा नं. ७ का वडा अध्यक्ष धर्मसिं तामाङ, जिल्ला बालक्लबका अध्यक्ष आयुष न्यौपाने लगायतले बालमैत्री वडा घोषणा र यसको दिगोपन लागि सबै सरोकारवालाको सहयोगको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुरेन्द्र चिमौरीयाले गरेका कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने बाल क्लव, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायतका सरोकारवालाहरूलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

एक पटक पढ्नुहोस