जलवायु परिवर्तनले देखाएको ३ दशकपछिको अँध्यारो भविष्य

काठमाडौं । यही नोभेम्बर १२ मा विश्वले एउटा आततायी चक्रवातको ५० औं वार्षिकोत्सव मनाउँदै थियो । उक्त आँधीबेहरीले अनुमानित ३० लाखदेखि ५० लाख जनासम्मको ज्यान लिएको थियो । यो हालसम्म रेकर्डमा राख्न सकिएकोमध्ये सबैभन्दा घातक उष्णकटिबन्धीय चक्रवात र सबैभन्दा घातक प्राकृतिक प्रकोप थियो ।

प्रकोपको विनाशकारी असरहरू र तत्कालीन सरकारको कमजोरीका कारण यति राजनीतिक बन्दै गयो कि यसले अन्ततः बंगलादेशको स्वतन्त्रता संग्रामको लागि समेत प्रत्यक्ष प्रभाव पा¥यो । अन्ततः सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट अलग हुन पुग्यो । तर ५० वर्षपछि अहिले विश्वका केही देशहरू चक्रवातको झनै ठूलो खतरामा परेका छन्, जसमध्येको एक देश हो, फिजी ।गत नोभेम्बर ७ तारिकमा फिजीका प्रधानमन्त्री फ्र्याङ्क बैनिमारामाले अमेरिकी राष्ट्रपति चुनावबाट विजयी भएका जो बाइडनलाई बधाई दिने पहिलो विश्व नेता बने । उनले ट्वीटमार्फत् बधाई दिँदै भनेका छन् ‘जो बाइडन हार्दिक बधाई ! हाम्रो यो ग्रहको रक्षा र वैश्विक अर्थव्यवस्थालाई अझ राम्रो बनाउनको लागि अब हामी सँगसँगै जानुपर्ने बेला भएको छ ।’ प्रधानमन्त्री भारेकीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने निर्णय फिर्ता लिने विषयलाई समेत संकेत गरेका छन् ।

प्रधानमन्त्री बैनिमारामा भन्छन्, ‘मौसम परिवर्तनका कारण उष्णकटिबन्धीय चक्रवातको बढ्दो उग्रताले अहिले फिजीको विकासमा ठूलो खतरा पैदा भएको छ ।

जब फिजीमा साइक्लोन विन्स्टन २०१६ को फेब्रुअरी २० मा आएको थियो । जसलाई दक्षिणी गोलाद्र्धमा रेकर्ड गरिएको सबैभन्दा गम्भीर चक्रवात मानिएको थियो । यो चक्रबातका कारण ४४ जनाको ज्यान गएको थियो भने ४० हजार घर भत्किएका थिए । सो चक्रबातबाट ३ लाख ५० हजार जना प्रभावित भएका थिए । प्रभावित क्षेत्रमा ६० दिनसम्म संकटकाल लगाइएको थियो भने डेढ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो ।

किन चक्रवातहरू यति खतरनाक हुन्छ ?

उष्णकटिबन्धीय चक्रवातबाट उत्पन्न आँधीबेहरीका कारणमात्रै पछिल्लो २०० वर्षमा विश्वमा २६ लाख मान्छेको ज्यान गएको अनुमान गरिएको छ । आँधीबेहरी एक किसिमको तटीय बाढी हो, जुन चक्रवात जस्ता निम्नचापीय प्रणालीद्वारा विकास हुन्छ ।

समुद्रमा आउने तातो हावाको कारण चक्रवातको तीव्रता बढ्दै जान्छ । जसले गर्दा समुद्री सतहमा पनि वृद्धि हुन्छ । जलवायु परिवर्तनका कारण परेको असरको बारेमा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूको अध्ययन अनुसार सन् २००० को तुलनामा २०५० मा समुद्री सतह २० देखि ३० सेन्टिमिटरसम्म बढ्न सक्ने अनुमान गरिएको छ । यसले विशेषगरी साना टापु राष्ट्रहरूमा चक्रवातबाट उत्पन्न आँधीबेहरीको संकट बढ्न सक्ने खतरा देखिएको छ ।

के हामी पूर्वसंकेतबाट चक्रबातबारे सूचना पाउन सक्छौं ?

विगत ५० वर्षमा उपग्रह टेक्नोलोजीको बढ्दो प्रयोगका कारण कम्प्युटिङ्ग पावर र राम्रो पूर्वानुमान मोडेलहरूले चक्रवात पूर्वानुमानमा नाटकीय सुधार ल्याएको छ । आजभन्दा २० वर्षअघिसम्म ३ दिनसम्मको पूर्वानुमान गर्न सक्ने प्रविधिको विकास भएको थियो । आज पाँच दिनको पूर्वानुमान गर्ने प्रविधिको विकास भएको छ ।

तर चक्रवात पूर्वानुमानको विकासमा भएको यो क्रान्तिका बाबजुद विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले हामी चक्रवातको जोखिम र प्रभावहरू सञ्चार गर्ने कुरामा अझै पनि विश्व कमजोर रहेको उल्लेख गरेको छ ।

डब्ल्यूएमओको २०२० को मौसम सेवासँग सम्बन्धित राज्यको रिपोर्टले सानो टापु राष्ट्रहरूले प्रभावमा आधारित पूर्वानुमान अपनाउनुपर्नेमा जोड दिएको छ । फिजीको लागि पनि केही परिवर्तनहरू समेत जटिल बन्न सक्छ । ‘हामी महत्वपूर्ण कुरा जति जान्दछौं, त्यति नै बुद्धिमान भएर व्यवहार गर्न सक्छौं’ प्रधानमन्त्री बैनिमारामा भन्छन् ‘सही, समसामयिक र अर्थपूर्ण डेटालाई व्याख्या गर्ने हाम्रो क्षमताले शाब्दिक रूपमा जीवन बचाउन सक्छ र फिजीको दिगो विकासको लागि यो महत्वपूर्ण हुन सक्छ ।’

धेरैजसो साना टापु राष्ट्रहरूले पहिले नै प्राथमिकताका साथ चक्रवातहरूका लागि अझ प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने आवश्यकतालाई पहिचान गरिसकेका छन् ।२०१६ मा फिजीमा आएको चक्रवातपछि त्यहाँको सरकारले सार्वजनिक रूपमा नै चक्रवातको बारेमा भएको अज्ञानका कारण धेरै प्रभावित भएको महसुस गर्‍यो ।

फिजीको सरकारले प्रकोपपछिको आवश्यकता मूल्याङ्कन रिपोर्ट सार्वजनिक गर्दै सो समयमा स्थानीय आँधीबेहरीको तीब्रताका लागि तयार नभएको उल्लेख गरेको छ ।

अलजजिरा डटकमबाट अनुवादित

एक पटक पढ्नुहोस