After header

फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा फाष्ट ट्र्याकमा कार्यरत इञ्जिनियर बारा, पचरौता–७ का २१ वर्षीय सूर्य यादव र चालक सिन्धुली, कमलामाई–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी घाइते भएका थिए ।प्रहरी र सेनाको टोलीले घटनास्थलबाट उद्धार गरेर हेटौँडा अस्पताल ल्याएका दुवैजनालाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका हुन् ।

एक पटक पढ्नुहोस