After header

नागरिकले सरकार छ भन्ने अनुभूती गर्ने गरी काम गर्ने छौ ः सभामुख अर्याल

काभ्रे । सभामुख डोलप्रसाद अर्यालले नागरिकले चाहेअनुसार ‘सरकार मेरो लागि छ’ भन्ने गरी सरकारले काम गर्ने बताए । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२÷०८३ को प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका थिए । कार्यापालिका, न्यायपालिका, ब्यवस्थापिकाको ‘स्प्रीड’ले आमनागरिक तथा कर्मचारी वर्गले आत्मसम्मानपूर्वक महसुस गर्ने उनको भनाई थियो ।

“सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण पे्ररणा प्रदान गरेको छ”, सभामुख अर्यालले भने । उनले लोकतन्त्र निर्वाचनबाट मात्रै सुदृढ नहुने तर्क गर्दै पे्ररणामुखी सेवाले मात्रै सुदृढ बनाउने बताए । यसले लोकतन्त्रको जिवन्तता र नागरिक चेतनाको उचाईलाईसमेत प्रतिबिम्बित गरेको उनले बताए ।

सभामुख अर्यालले सङ्घीयताको बास्तविक परीक्षण सिंहदरबारबाट नहुने उल्लेख गर्दै स्थानीय तहको सेवाको मापनमा निर्भर हु्ने बताए । “संविधानले प्रदान गरेको जिम्मेवारी र अवसरलाई नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी स्थानीय तहले काम गर्नुपर्दछ, संसदले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयमा निर्भर रहन्छ, स्थानीय तह भनेको नागरिकको अझ नजिकको सरकार पनि हो”, उनले भने । स्थानीयस्तरमा युवालाई अवसर सिर्जना गर्न सकेसमृद्धिको आधार अझ बलियो बन्ने उनले बताए ।

सभामुख अर्यालले फरक प्रसङ्गमा संविधानको अक्षरस पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संसोधन गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले भने, “हाम्रो आवश्यकता, हुर्कँदै गरेको पु्स्ताको आवश्यकतालाई हेरेर संविधान संसोधन गर्नुपर्दछ, त्यो पनि सबै राजनीतिक दल, क्षेत्र तथा ब्यक्ति नटाढिकन सबैको प्रयासबाट ।” उनले संविधानले दिएको भूमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु नै जिम्मेवार प्राप्त अधिकारीको दायित्वसमेत रहेको बताए ।

सो अवसरमा सभामुख अर्यालले गत संविधानसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचितद्वय मधुकुमार चौलागाई र बदन भण्डारी, समानुपातिक सांसद राम लामा तथा जिल्ला समन्वय समिति काभ्रेले विपद् व्यवस्थापनमा योगदान पु¥याएको भन्दै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न पालिकालाई सम्मान गरेको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतमले २०८३÷०८४ को को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

एक पटक पढ्नुहोस