After header

काभ्रे रास्वपाको ११ स्थानिय तहको अधिवेशन सम्पन्न ( को – को कहाँ कहाँ निर्वाचित, हेनुहोस् नामवली )

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका ११ वटा स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । काभ्रेमा १३ वटा स्थानियतहमा अहिले सम्म ११ वटा स्थानिय तहकमा अधिवेशन सम्पन्न भएको जिल्ला सभापति प्रविण ढकालले जानकारी दिए । सबैमा सर्वसम्मत नगर कार्यसमिति देखि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका उनले बताए । ।

केही दिनदेखि शुरु भएको अधिवेशनमा धुलिखेल नगरपालिकाको प्रथम अधिवेशनबाट माधव श्रेष्ठको सभापतित्वमा १३ जनाको नगर कार्यसमिति चयन गरिएको छ । जसमा उपसभापति रामेश्वर श्रेष्ठ,सचिव वाबुकृष्ण ढुङ्गाना,सहसचिव कुल बहादुर तामाङ, महिला सदस्यहरुमा ईश्वरी काकी, सुनिता तामाङ, रोजना श्रेष्ठ, सदस्यहरु राजेश प्रसाद हुमागाइ,रामचन्द्र रञ्जित, श्रीमान तामाङ, रामशरण घोरसाइने, नवराज हुमागाई, दलित सदस्य निरज मिजार सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी भेलाले जिल्ला प्रतिनिधिमा दिपकराज कार्की, प्रकाश काफ्ले, तुलसी माया श्रेष्ठ र माधव प्र. सापकोटा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी प्रदेश प्रतिनिधिमा केशव बा. खुलाल र दामोदर तिमल्सिना चयन भएका छन् ।त्यसैगरी भेलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दामोदर गौतम र चन्द्र प्र. हुमागाई चयन भएका छन् ।

त्ससैगरी पाचखाल नगरको पहिलो अधिवेशनबाट नविन प्रकाश निरौला सभापतित्वमा ११ जना नगर कार्यसमिति चयन भएका छन् । जसमा उप–सभापति राजेन्द्र लुईटेल, सचिवमा नवराज खतिवडा, सह–सचिवमा रिकेश अधिकारी,कोषध्यक्षमा सहदेव मैनाली र सदस्यहरुमा एसोदा भूतेल,शिवकुमार मिजार,सतु कोइराला,प्रविण दुलाल, विमल राज गिरी र निशा बजागाई रहेका छन् । प्रदेश प्रतिनिधिमा गणेश प्रसाद अधिकारी र भिम दाहाल चयन भएका छन् भने महाधिवेशन प्रतिनिधिमा बद्रिनाथ लुईटेल र तुलसी प्रसाद न्यौपाने चयन भएका छन् ।

त्यसैगरी नमोबुद्ध नगरपालिको पहिलो अधिवेशनबाट बिक्रमहरी तिवारी सभापतित्वमा नयाँ कार्यसमिति चयन भएका छन् । जसमा उपसभापति सुमन सिलवाल,सचिव बसन्ती लामा, सहसचिव.ऋषिराम वैद्यसदस्यहरू राम शरण देवकोटा, चन्चली रिजाल, विर वहादुर तामाङ, निरन्जन तिमिल्सना,कमला श्रेष्ठ, मान ब तामाङ, अशोकराज तामाङ, केदार प्रसाद अधिकारी र सुजन सार्कि रहेका छन् ।

यसैगरी बनेपा नगरपालिकाको पहिलो अधिवेशनबाट सुरज श्रेष्ठको सभापतित्वमा १३ जना कार्यसमिति चयन गरेको छ । जसमा उप–सभापति सोफिया शाक्य, सचिव पुरुषोत्तम घिमिरे, सह–सचिव कृष्ण गोपाल घिमिरे,सदस्यहरुमा सुधा दाहाल, ओककृष्ण अधिकारी, सजन थापा,मञ्जु नेपाली, दिनेश बस्नेत, अनिता न्यौपाने,झोला केसी, सुमित्रा देवी श्रेष्ठ र लक्ष्मण कर्माचार्य रहेका छन् । यसैगरी महाधिवेशन प्रतनिधि विदुर दाहाल रसुजन खतिवडा चयन भएका छन् ।

यसैगरी प्रदेश प्रतिनिधिमा सुदिप दुलाल र हर्ष बहादुर श्रेष्ठ रहेका छन् । त्यसैगरी जिल्ला अधिवेशन प्रतिनिधिमा राजुपहि श्रेष्ठ, केशव प्रसाद दाहाल, शुसिला खत्री र सानुभाई खड्का चयन भएका छन् ।यसैगरी तेमाल गाउँपाकिला प्रथम अधिवेशनबाट सूर्य बहादुर लामाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा सचिव राम प्रसाद मैनाली, कोषाध्यक्ष दिनेश भण्डारी, सदस्यहरु गणेशमान तामाङ, नविन शंकर र जिवन मल्ली रहेका छन् ।

त्युसैगरी भेलाले जिल्ला अधिवेशन प्रतिनिधिमा प्रमोद बास्कोटा, जनक सिं तामाङ र शार्मिला तामाङ चयन गरेको छ । यसै गरी प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल कुमार लामा र महाधिवेशन प्रतिनिधिमा नेस लामालाई चयन गरेको छ ।यसैगरी बेथानचोक गाउँपालिकाको प्रथम अधिवेशनबाट अष्टमान तामाङको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा उप–सभापति ऋषेश्वर तिमल्सिना, सचिव राजेश वाइबा, सह–सचिव सम्देन तामाङ, कोषाध्यक्ष रमिला श्रेष्ठ, सदस्यहरु चेतनाथ बिक, शुशिला बुढाथोकी, सुदिप प्रसाद ओझा, राजेन्द्र थापामगर, छोइसाङ्ग लामा र गणेश केसी रहेका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा भिम प्रसाद तिमल्सिना र महाधिवेशन प्रतिनिधिमा बोधनाथ तिमल्सिना रहेका छन् ।

यसैगरी रोशी गाउँपाकिलाको प्रथम अधिवेशनबाट विशाल लामाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ । जसमा उप–सभापति सर्जे कुमार पुलामी, सचिव दिनेश विक, सश–सचिव प्रिन्स लामा, सदस्यहरु कुमार रायमाझी, अरुण स्याङतान, शर्मिला तामाङ, एश्वर रुचाल मगर, विवेक श्रेष्ठ र दिलकुमारी अधिकारी सर्वसम्मत चयन भएका छन् ।

यसैगरी जिल्ला प्रतिनिधि रमा मैनाली, केशव प्रसाद अधिकारी र संजिव शाह ठकुरी चयन भएका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा भुवन बहादुर गौतम र महाधिवेशन प्रतिनिधिका कान्छा मान लामा सर्वसम्मत चयन भएका छन् ।यसै गरी पनौती नगरपालिकाको प्रथम अधिवेशनबाट दिनेश श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जसमा उप–सभापति स्मोलिका घिमिरे सापकोटा,सचिव हरिशरण कार्की, सह–सचिव भिम प्रसाद बञ्जारा, सदस्यहरुमा सुदर्शन तिमल्सिना, मनोहर प्रसाद हुमागाई, लक्ष्मी कार्की केसी, रिता बस्नेत, राम गोपाल राई, कुमाले मिजार, रबिन्द्र प्याकुरेल, दिपक राज शर्मा र सन्देश उपाध्याय कुईकेल सर्वसम्मत चयन भएका छन् । यसैगरी भेलाले जिल्ला अधिवेशन प्रतिनिधिमा राजन भण्डारी, एश्वर विष्ट, दिपक खत्री र अनिला थापा चयन भएका छन् ।

यसैगरी भेलाले प्रदेश अधिवेशन प्रतिनिधिमा मनोज कुवँर, जयराम सापकोटा र रामकुमार रघु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् भने महाधिवेशन प्रतिनिधिमा विवेक भट्टराई र राजेन्द्र सापकोटा सर्वसम्मत चयन भएका छन् ।त्यसैगरी चौरीदेउरालीको प्रथम ऐतिहासिक अधिवेशनबाट श्रीमान तामाङ सभापतित्वमा कार्यसमिति चयन भएका छन् । जसमा उपसभापतिमा सरिता चौलागाई, सचिवमा विनोद ढुङ्गाना, सह–सचिवमा झलक गौतम तथा कोषाध्यक्षमा देवी ब. चौलागाईं निर्वाचित भएका छन् ।

सदस्यहरूमा राजकुमार गौतम, बिदुर पन्त, अभिषेक प्रधान, सुजिता चौलागाईं, अशोक श्रेष्ठ र डिल्ली प्रसाद चौलागाईं चयन भएका छन्। अधिवेशनबाट सल्लाहकार समितिको संयोजकमा केदार काफ्ले तथा सदस्यहरूमा भीमसेन गौतम, बुद्धि ढुंगेल र उद्धव गौतम चयन भएका छन् । जिल्ला अधिवेशन प्रतिनिधिमा धर्मनाथ बुढाथोकी, कमलप्रसाद काफ्ले, उज्ज्वल चौलागाई र उमा प्रधान चयन हुँदा प्रदेश अधिवेशन प्रतिनिधिमा उमेश कुमार गौतम तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मेखबहादुर लामा तामाङ चयन भएका छन्।

त्यसैगरी मण्डन देउपुर नगरपालिकाको प्रथम अधिवेशनबाट मणिराम पौडेलको सभापतित्वमा कार्यसमिति चयन भएको छन् । जसमा उप–सभापति जनक बताकोटी, सचिव सुमन बजागाई, सह–सचिव राजेन्द्र ढकाल, कोषाध्यक्ष दिपक गौतम, सदस्यहरुमा भगवती पौडेल, लोकनाथ ढकाल, राजेन्द्र सापकोटा, बद्री प्रसाद डोटेल,सर्मिला ढुगाना, जित बहादुर सार्की, बाबुराम सापकोटा र कुल प्रसाद ढकाल सर्मसम्मत चयन भएका छन् ।

भेलाले जिल्ला अधिवेशन प्रतिनिधिमा मुकुन्द बजागाई,कृष्ण बहादुर बगरकोटी, केदार ढकाल,पुण्य प्रसाद तिमल्सिना र एलिसा श्रेष्ठ चयन भएका छन् । त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा प्रकाश न्यौपाने र रक्षा तामाङ चयन भएका छन् भने महाधिवेशन प्रतिनिधिमा रमेश तिमल्सिना र सुवास ढकाल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी भुम्लु गाउँपालिकाको प्रथम अधिवेशनबाट विक्रम शम्सेर कुँवरको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएका छन् । जसमा उप–सभापति सबिता बुढाथोकी, सचिव विजय लामा, सह–सचिव सरोज भारती, कोषाध्यक्ष राजेन्द्र थापा, सदस्यहरु मंगल बहादुर लामा, इन्दिरा उप्रेती, सरस्वती गिरी, भीमबहादुर खड्का, नवीन अधिकारी र आर्यन ढलकुटी सर्वसम्मत चयन भएका छन् । खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका भने तर्दथ समिति गठन भएको जनाईएको छ ।

एक पटक पढ्नुहोस